पोखरा ९ मा डेंगु सचेतना र्‍याली

समाधान संवाददाता २०७६ साउन २३ गते १३:३४

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिका वडा नं ९ तथा सहरी स्वास्थ्य केन्द्र पोखरा ९ को आयोजनामा बुधबार डेँगुरोगसम्बन्धी सचेतनामूलक र्‍याली निकालिएको थियो ।

पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले डेंगु रोग लामखुट्टेको टोकाइबाट लाग्ने हुँदा धेरै व्यक्ति यस रोगबाट प्रभावित हुनसक्ने प्रबल सम्भावना रहेकोे बताए । उनले वडाबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै जनचेतनाका लागि कार्यक्रम गरिएको बताए ।

Advertisement

टोल टोलमा कार्यक्रमलाई निरन्तरता दिई डेंगु रोगबाट बच्न र बचाउन सबैजनाले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले यस वर्ष वडा नं. ८ र ९ मा ५ जनालाई डेंगु रोग देखा परेको जानकारी दिए । उनले डेंगु रोग लागेमा ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखा दुख्ने तथा छालामा राता धब्बाहरु देखिने जस्ता लक्षण देखापर्ने भन्दै यसबाट बच्न पानी जम्ने स्थान, खुला पानी टंकी, टायर, गमला लगायत ठाँउमा पानी जम्न नदिने तथा शरीर सबै ढाकिने लुगा लगाउन सबैलाई आग्रह गरे ।

Advertisement

गत वर्ष करिब ६०० जना यस रोग बाट प्रभावित भएको र यस वर्ष पनि यो रोगले विकराल रुप लिन सक्ने हुँदा समयमा नै सचेत हुन वडा सदस्य नन्दराम गिरीको भनाई थियो ।

उक्त र्‍यालीमा जनप्रतिनिधि राममाया मानन्धर, गिता चर्मकार, शहरी स्वास्थ्य केन्द्रका सदस्यहरु, स्वास्थ्य स्वयमसेविका, टोल विकास संस्थाका प्रतिनिधि, महिला समुह र विधार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया