साढे दुई लाखसहित जुवा खेल्ने ४० पक्राउ

समाधान संवाददाता २०७६ साउन २७ गते १५:०७

रासस, पाेखरा

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जनालाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० रूपैयाँ नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित  एक लाख २१ हजार १४० रूपैयाँ र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र ६२ हजार ८३५ रूपैयाँसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

त्यसैगरी पोखरा ३२ झैरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद ३२ हजार ८१५ रूपैयाँ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० रूपैयाँ र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया