सुनकाे मुल्यमा नयाँ रेकर्डः प्रतिताेला ७१ हजार
समाधान संवाददाता
२०७६ साउन २८ गते १२:०२

समाधान संवाददाता, काठमाडाैं
सुनको मूल्य बढ्ने क्रममा आज प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबभन्दा बढी मूल्य हो ।
पछिल्ला तीन दिनयता प्रतितोला ७० हजार रुपैयाँमा अडिएको सुनको मूल्य मंगलबार एक हजारले बढेर ७१ हजार पुगेको हो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय पुगेको छ ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार ८ सय ३५ मा कारोबार भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया