बुढीबजारमा सनराइज बैंककाे १२०‌‌ औं शाखा

समाधान संवाददाता २०७६ साउन २८ गते १४:५६

समाधान संवाददाता
पोखरा

सनराइज बैंक लिमिटेडको १२० औं शाखा लेखनाथको बुढीबजारमा सञ्चालनमा आएको छ । वित्तीय सेवा प्रदायक निजी संस्था सनराइज बैंकले ग्राहकको सेवालाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाभित्र शाखा विस्तार गरेको हो ।

शाखाको शुभारम्भ अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बैंकिङ सेवामा भित्रिएको प्रविधि नागरिकसमक्ष सहज तबरले पु¥याउन बैंकले भूमिका खेल्नुपर्ने बताए । सहरीकरणसँगै मानिसहरुको जीवनयापन र दैनिकी व्यस्त हुुँदै गर्दा बैंकिङ सेवा भरपर्दो एवं चुस्त बनाउन उनले सुझाव दिए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरी लागनी गर्नसमेत उनले सुझाए ।

Advertisement

बैंकले नवयुगका प्रविधिलाई उच्चतम प्रयोग गरी सबै शाखामा उहीँ स्तरको सेवा प्रदान गर्न तत्पर रहेको नायब महाप्रबन्धक अपोजकुमार यादवले जानकारी दिए । देशभर झन्डै ५ लाख ५० हजार ग्राहक भएको बैंकले भरपर्दो सेवा विस्तारमा कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाएको छ । पछिल्लो समय लेखनाथमा बढेको आर्थिक चलायमानलाई व्यवस्थित बनाउन बैंक सेवा विस्तारले महत्वपूर्ण भूमिका खेल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया