बाढीले रसुवाको भोटेकोसी नदीमाथिको बेलिब्रिज बगायो
समाधान संवाददाता
२०७६ भदौ २ गते १४:३०

समाधान संवाददाता, काठमाडाैं
अविरल वर्षापछि आएको बाढीले सडक कटान गरेपछि रसुवास्थित भोटेकोसी नदीमाथिको पुल बगाएको छ ।
रसुवागढी जलविद्युत आयोजना आवतजावतका लागि प्रयोग हुँदै आएको बेलिब्रिज पुल आइतबार राति बगाएको प्रमुख जिल्ला अधिकारी अर्जनु भण्डारीले जानकारी दिए ।
‘टिमुरेदेखि रसुवागढी जलविद्युत जाने बाटोको पुल बगाएको हो,’ प्रजिअ भण्डारीले सेतोपाटीसँग भने, ‘अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।’
नदीमा पानीको सतह बढेकोले किनारा क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको उनले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया