ह्यान्डबलमा भाग लिन नेपाली टिम भारतमा

समाधान संवाददाता २०७६ भदौ २ गते १५:४८

समाधान संवाददाता, पोखरा

एसियाली युथ च्याम्पियनसीप ह्यान्डबल प्रतियोगितामा भाग लिन नेपाली टोली भारत प्रस्थान गरेको छ । १५ वर्षदेखि १८ वर्षसम्म उमेरसम्मका खेलाडीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

भारतको जयपुरमा भदौ ४ गतेदेखि सुरु हुने आठौं युथ च्याम्पियनसीप प्रतियोगितामा मोनिका थापाको कप्तानिमा आइतबार पोखराबाट भारत प्रस्थान गरेको नेपाल ह्यान्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

Advertisement

१६ जना खेलाडीसहित २० जनाको टोली भारत गएको हो । नेपाली टोलीले पहिलो चरणमा ४ वटा देशसँग प्रतिष्प्रर्धा गर्ने छन् । नेपालले ४ गते चीनसँग, ५ गते भारतसँग, ६ गते काजकिस्तान र ७ गते मंगोलीयासँग प्रतिष्प्रर्धा गर्ने टिम म्यानेजर शान्ति थापाले बताइन् । नेपाली टोलीमा कम्तानसहित पोखरा क्षेत्रबाट १० जना अन्य उदयपुर र दाङबाट सम्मिलित छन् । प्रतियोगितामा उपकप्तान दिप्ती गुरुङ, खेलाडी आकृति गुरुङ, योगिता गुरुङ, ज्योति गुरुङ, स्वेता गुरुङ, दिपिका गुरुङ, स्मृति गुरुङ, कोमली खड्का, सुनीता राई, अन्जना मल्ल, युकला रोक्का र आर्जु राउत रहेको संघ कास्कीका कार्यवाहक अध्यक्ष चित्र थापाले बताए । नेपाली टिमको मुख्य प्रशिक्षक हिमाल दाहाल, प्रशिक्षक रन्जना राई र अफिसियलमा नरेन्द्र जोशी छन् ।

टोलीलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन मगर, प्रदेश सांसद एवं संघका केन्द्रीय उपाध्यक्ष मोहन रेग्मी, संघका अध्यक्ष तेजबहादुर गुरुङ, संघ कास्कीका पूर्व अध्यक्ष शेरबहादुर गुरुङ लगायतले विदाई गरेका थिए । विभिन्न १० देशका प्रतियोगिबीच खेल हुने छ ।

Advertisement

तपाईको प्रतिक्रिया