प्रेम प्रस्ताव अस्वीकार गरेकाे निहुँमा १५ वर्षीया किशाेरीमाथि एसिड प्रहार

समाधान संवाददाता २०७६ भदौ २० गते १२:३९

समाधान संवाददाता, वीरगञ्ज

पर्साको वीरगञ्ज महानगरपालिकामा १५ वर्षीया मुस्कान खातुनमाथि आज (शुक्रबार) बिहान एसिड प्रहार भएको छ ।

महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भएकी खातुन अहिले वडा नम्बर ३ स्थित मामाघरमा बस्दै आएकी थिइन् ।

Advertisement

सोही स्थानका सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेका हुन् । वडा नम्बर २ छपकैयामा बस्ने उनीहरूले प्रहार गरेको एसिडले खातुनको अनुहार, छाती र हात जलेको छ।

अहिले उनको उपचार भइरहेको छ । 

Advertisement

एसिड प्रहार गरी भागेका सम्साद आलमलाई  प्रहरीले नियन्त्रणमा लिएको छ भने माजिद फरार रहेका छन् ।

पर्साका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार सम्सादले प्रहरीसमक्ष साथी माजिदले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेको र बदला स्वरूप एसिड प्रहार गरेको बयान दिएका छन् ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र फरार माजिदको तीब्र खोजी भइरहेको बताएको छ। 

तपाईको प्रतिक्रिया