मुनालमा एसएमएस बैकिङ र डिस्काउन्ट कार्ड

समाधान संवाददाता २०७६ भदौ २३ गते १५:०७

समाधान संवाददाता
पोखरा

मुनाल बचत तथा ऋण सहकारीले सेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्न एसएमएस बैकिङ सेवा सुरु गरेको छ । सेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न मुनाल डिस्काउन्ट कार्डसमेत निशुल्क वितरण गरिएको छ । यो डिस्काउन्ट कार्डबाट पोखराका विभिन्न हस्पिटलबाट औषधी, ल्याब तथा विशेषज्ञ सेवामा छुट प्राप्त गर्न सकिने अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

मुनालको ११ औं वार्षिक साधारण सभा शनिबार भएको छ । सभामा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले पैसा जति चलायमान बनाउन सकियो, त्यति देशको अर्थतन्त्र त्यति मजबुत हुने बताए ।कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, केन्द्रीय बचत तथा क्रण संघ सञ्चालक भीम गुरुङ, संस्थाका निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, एनआइसी एसिया बैंक गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, संस्थाका सल्लाहकार रामजीप्रसाद बास्तोला, जयन्द्र राजभण्डारीे, उपाध्यक्ष खेमनारायण खनाल, बयोवृद्ध सदस्य रगबहादुर गुरुङ, कार्यसमिति सदस्य सुधा थापा लगायतले बोलेका थिए ।

Advertisement

कोषाध्यक्ष नारायणबहादुर थापाले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, सचिव मगनलाल श्रेष्ठले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र लेखासमितिका डीलाराम लामिछानेले प्रस्तुत गरेको लेखासमितिको प्रतिवेदन सर्वसम्मत पारित भएको प्रबन्धक अम्बरबहादुर थापाले बताए । समारोहमा सहकारीका सेयर सदस्य रमेशराज पौडेल र गोदावरी गिरीलाई क्रमशः उत्कृष्ट निक्षेपकर्ता तथा उत्कृष्ट कर्जा उपयोगकर्ताबाट सम्मान गरियो । उत्कृष्ट कर्मचारीबाट कृष्णकुमारी पौडेल सम्मानित भइन् ।

Advertisement

तपाईको प्रतिक्रिया