मेयर कप बास्केटबलकाे उपाधि जनप्रिय र लिंकन कलेजलाई

समाधान संवाददाता २०७६ भदौ २३ गते १५:२५

समाधान संवाददाता
पोखरा

प्रथम मेयर कप बास्केटबल प्रतियोगिता अन्र्तगत कजेलस्तरीय उपाधि छात्रतर्फ जनप्रिय बहुमखी क्याम्पस र छात्रामा पोखरा लिंकन इन्टरनेसनल कलेजले जितेका छन् । पोखरा रगंशालाको बास्केटबल कोर्टमा भएको फाइलन खेलमा ब्याचलर छात्रा तर्फ पोखरा लिंकन कलेजले पोखरा कलेज अफ म्यानेजमेन्टलाई ३५–१८ को स्कोरमा पराजित गदै उपाधि जितेको हो ।

त्यस्तै जनप्रियले फाइलनमा खेलमा पृथ्वीनारायण क्याम्पसलाई ६१–४३ को स्कोटरमा पाखा लगाउदै उपाधि जित्यो । त्यस्तै प्लस टु छात्रमा पोखरा एकेडेमी स्कुलले न्यु ग्यालेक्सीलाई ५१–५० को स्कोरले हराउँदै उपाधि जित्यो भने छात्रा तर्फ न्यू ग्यालेक्सीले टप्स माविलाई ३४–११ को स्कोरमा पाखा लगाउँदै उपाधि हात पार्‍यो ।

Advertisement

बास्केटबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले पोखरा महागनरको मुख्य प्रायोजनमा कास्की जिल्ला बास्केटबल संघको आयोजनामा भएको प्रतियोगिताको छात्र विद्यालयतर्फ कुमुदिनी होम्स स्कुलले बालकल्याणलाई ६२–६० को स्कोरमा पराजित गर्दै उपाधि जित्दा छात्रा तर्फ मननकामना बोर्डिङ स्कुलले कास्की मोर्डनाइज्ड स्कुललाई १३–९ को स्कोरमा हराउँदै उपाधि जित्यो ।

भेट्रान्स बास्केटल प्रतियोगिताको फाइनलमा एक्स अमरसिंह भेटान्स टिमले कास्की जिल्ला बास्केटबल संघलाई ६३–३८ को स्कोरमा पराजित गदै उपाधि जित्न सफल भयो ।

Advertisement

प्रतियोगिताको कक्षा १० सम्मको लागि विजेता छात्र÷छात्राको टिमलाई जनही १० हजार उपविजेतालाई ७ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो । त्यसैगरी माविस्तरीय कक्षा ११ र १२ तथा स्नातकतर्फको छात्र÷छात्रा तर्फको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित १५ हजार र उपविजेतालाई ८ हजार प्रदान गरियो । प्रतियोगितामा जिना पुन, कुसुम गुरुङ, सितोस राना, चाहना पुन, गोपाल पुन, प्रतिप तिलिजा, सिमा पुन, दलसु पुन उत्कृष्ट खेलाडी घोषित घोषित भए ।

विजेता टिमल र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ, प्रतियोगिता मुल संयोजक नारायणप्रसाद शर्मा, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरी, कास्की जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष धोजकुमार गुरुङ, सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुन लगायतले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरे । भदौ १२ गतेबाट सुरु भएको प्रतियोगितामा ८८ टिमको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया