चिनियाँ सहयाेगमा ३५ कराेडकाे अस्पताल

समाधान संवाददाता २०७६ भदौ २४ गते १२:३६

समाधान संवाददाता, काठमाडौं

चीन सरकारले मनाङमा करिब ३५ करोड लागतमा अस्पताल बनाइदिने भएको छ । नेपालमा भ्रमणका क्रममा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार योसहित सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौंमा भएको उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा ३ सम्झौतामा हस्ताक्षर भएको हो । यसैगरी, आपतकालीन राहतका लागि ५ हजार टेन्ट चीनले उपलब्ध गराउने छ । दुवै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को अपरेसनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

Advertisement

चिनियाँ स्वयं सेवक शिक्षक नेपाल आउने सम्बन्धी अर्को सम्झौतामा पनि हस्ताक्षर भएको छ । जसमा शिक्षा सचिवले हस्ताक्षर गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया