पाइपलाइन सञ्चालनसँगै पेट्रोलियम पदार्थको मूल्य घटायो निगमले
समाधान संवाददाता
२०७६ भदौ २४ गते १४:१५

समाधान संवाददाता, काठमाडाैं
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ ।
आजदेखि पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ । प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ ।
योसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १०७ रुपैयाँ र डिजेल/मट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया