देशभर आरामदायी यात्राका लागि स्विफ्ट होलिडे

समाधान संवाददाता २०७६ भदौ ३० गते १३:३६

समाधान संवाददाता
पोखरा

नेपालको समृद्धिको मुख्य आधार पर्यटनको विकास नै हो । यसैलाई मध्यनजर गरी गण्डकी सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । संघ सरकारले २० लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको छ । पछिल्लो समय नेपालीमा पनि भ्रमण गर्ने बानी विकास भएको छ । यसलाई बढाउन गण्कडी सरकारले १ महिनाको तलबसहित १ हप्ता बिदा दिएरै कर्मचारीलाई भ्रमणमा पठाउने भएको छ ।

देशको समृद्धिको आधार पर्यटनलाई सघाउन र सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन विभिन्न प्रयास र योजना सार्वजनिक भइरहेका छन् । यसै परिवेशमा पोखरामा स्विफ्ट होलिडेस प्रालि सञ्चालनमा आएको छ । पोखरा ६ लेकसाइडमा मुख्य कार्यालय रहेको यसले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी सुरक्षित, भरपर्दाे, आरामदायी भ्रमणको व्यवस्था गरेको छ । राजधानीबाट देशभर सेवा दिन सजिलो हुने भएकाले काठमाडौंको कान्तिपथमा पनि स्विफ्टले कार्यालय खोलेको छ ।

Advertisement

नेपालभर चार्टर सेवा सञ्चालन गरिरहेको यस ट्राभल एजेन्सीले चाडै काठमाडौं, पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय सहरमा दिनहुँ यात्रु सेवासमेत सञ्चालन गर्ने योजना बनाएको छ । २ महिनाअघिबाट सेवा सुरु गरेको ट्राभलले चाडै औपचारिक रुपमा सेवा सुरु गर्ने जनाएको छ । ट्राभलका अध्यक्ष जनकराज शर्माले विभिन्न देशका कूटनीतिक नियोग र विदेशी पर्यटकलाई कम्पनीले सेवा दिइरहेको बताए । एअर टिकेटिङ लगायतका सबै सेवा चलाउने कम्पनीको योजना छ ।

स्विफ्टले आरम्भमा २० वटा गाडीबाट सेवा सुरु गरेको छ । १० वटा गाडी चार्टर सेवा र १० मुख्य सहरमा नियमित रुपमा चलाउने कम्पनीको योजना छ । असोज पहिलो हप्ताबाटै पोखरा–काठमाडौं नियमित गाडी चलाउने शर्माले बताए । कम्पनीसँग भएको २० वटा गाडी टोयटा कोस्टर हुन् ।

Advertisement

जापानमा निर्मित यो गाडीको मूल्य १ करोड २५ लाख पर्छ । अध्यक्ष शर्मा भन्छन्, ‘यात्रुको सुविधाका लागि अत्याधुनिक गाडी ल्याएका हौं । यो गाडीमा यात्रा गर्दा निजी कारमै यात्रा गरेको अनुभूति हुन्छ ।’ उनले यात्रुलाई सुरक्षित, अविस्मरणीय र आरामदायी सवारी उपलब्ध गराउँदै देशको पर्यटनमा सघाउन कम्पनी स्थापना भएको बताए ।

तपाईको प्रतिक्रिया