दसैंका लागि २२ हजार भेडा, च्यांग्रा मुस्ताङ हुँदै बेंसीतिर

एसके थकाली
जोमसोम
दसैंछेक भेडा च्यांग्राको कारोबार बढी हुन्छ । मुस्ताङ हुँदै झरेका हिमाली भेडा, च्यांग्राको मासु यो बेला उपभोक्ताले बढी खोज्छन् । यस वर्ष पनि मुस्ताङ हुँदै २२ हजार भेडा, च्याङ्ग्रा बेंसीतर्फ झारिएका छन् । गत वर्ष २३ हजार भेडा, च्यांग्रा बाहिरिएका थिए ।
उत्तरी कोरला, तिब्बत, छिमेकी जिल्ला डोल्पा र मुस्ताङको पठार चिसो मरुभूमिमा भेडा–च्यांग्रा पालिन्छ । मुस्ताङबाट भेडा, च्यांग्रा निकासी गर्ने चलन पुरानै हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका नीमा विवशले पुर्खाहरुले नून, भेडा च्यांग्राको लगायतको व्यापार गर्ने गरेको सुनाए । मुस्ताङीहरु नून र चौपाया बेंसीमा बिक्री गरेर खच्चडमार्फत खाद्यान्न लिई घर फर्कन्थे ।
हिमाली क्षेत्रका भेडा च्यांग्राको मुख्य बजार गण्डकी प्रदेशको पोखरा नै हो । मुस्ताङबाट झर्नेे अधिकांश भेडा, च्यांग्रा पोखरामा नै बिक्री हुन्छन् । केही काठमाडौं पनि लगिने किसान भूपिन शेरचनले जानकारी दिए । चिसो हावापानीमा हुर्किएका यहाँका भेडा च्यांग्राको स्वाद बेग्लै हुने उनले बताए । हिमाली क्षेत्रमा भेडा च्यांग्राले यार्सागुम्बा, पाँचऔंले, निरमसी, जटामसी लगायत उच्च लेंकका जटिबुटी खाने भएकाले यीनको मासु स्वास्थ्यका लागिसमेत हितकर भएको शेरचनले दाबी गरे ।
पर्वतका धर्मदत्त शर्मा मुस्ताङका भेडा, च्यांग्रा उपभोक्ताले रुचाउने गरेको बताउँछन् । गण्डकी प्रदेशमा खसीबोका किनबेच हुने गरे पनि दसैंमा उपभोक्ताले च्यांग्रा, भेडा नै राज्ने गरेका छन् । उनले दसैंमा गण्डकी र धौलागिरीमा खसी बोकाको व्यापार कम हुने सुनाए ।
मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र घरपझोङ गाउँपालिकामा भेडा, च्यांग्रा र याक चौरी पालन व्यवसाय गरिएको छ । मुस्ताङीले भेडा च्यांग्रा मासुका लागि मात्र नभई पस्मिनाका लागि पनि पालेका हुन् । कोरला व्यापार मेलामा पस्मिनाको कारोबार हुन्छ ।
डोल्पा र तिब्बतबाट समेत मुस्ताङमा भेडा च्यांग्रा भित्रिने जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए । भेडा च्यांग्राको मुख्य पकेट क्षेत्र सीमावर्ती तिब्बती भूभाग हो । नेपालतर्फका सीमावर्ती किसानले त्यहाँबाट खरिद गरी व्यापार गर्ने गरेका छन् ।
दसैंको २ साताअघि भेडा च्यांग्राको व्यापार गर्न व्यापारी मुस्ताङको जोमसोम आइपुग्छन् । पछिल्लो समय कोरला नाकासम्म सडक पुगेकाले कतिपय व्यापारी लोमान्थाङसम्म पुगेका छन् । सोह्र श्राद्ध औंशीको सेरोफेरोबाट यहाँ भेडा च्याङ्ग्राको मोलमोलाइ सुरु हुन्छ । यहाँ किनेर व्यापारीले फूलपाती अघि नै भेडा च्यांग्रा पोखरा पुर्याउँछन् । जोमसोम ल्याइएका भेडा च्यांग्राको यहाँ भेटेरिनरी परीक्षण गरिन्छ ।
यस वर्ष मुस्ताङबाट झरेका भेडा च्यांग्रा २० देखि २३ हजारसम्ममा कारोबार भएको घरपझोङका कर संकलक सुनील परियारले जानकारी दिए । यस वर्ष नेपाल खाद्य संस्थानले २ हजार च्यांग्रा खरिद गरेको छ ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया