लागुऔषधसहित २ पक्राउ

समाधान संवाददाता २०७६ कार्तिक ८ गते १२:४७

समाधान संवाददाता, स्याङ्जा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागुऔषधसहित २ युवालाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका १ सिद्धार्थ राजमार्गमा सवारी चेकजाँचका क्रममा लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले पोखरा ६ का २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका ७ का २८ वर्षका सुरेश थापालाई पक्राउ गरेको हो । बुटवलबाट पोखरा आउँदै गरेको ग१ख ७०७४ नम्बरको माइक्रोबसमा यात्रा गरी रहेका थापा र भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

Advertisement

शंकाका आधारमा चेकजाँच गर्दा भण्डारी र थापाको साथबाट डाइजापाम ५० थान, नोफिन ५० थान, फेनेरागन ५० थान फेला पारेको हो । पक्राउ परेका थापा र भण्डारीलाई थप अनुसन्धान अघि बढाइएको प्रनाउ भण्डारीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया