लेकसाइडमा बब्स् जिम लेकसिटी

समाधान संवाददाता २०७६ कार्तिक ८ गते १३:२९

समाधान संवाददाता, पाेखरा

अत्याधुनिक सामग्रीसहितको नयाँ जिमहल पोखरामा सञ्चालनमा आएको छ । ‘बब्स् जिम लेकसिटी’ नाम दिएर सञ्चालनमा ल्याइएको जिमहल पोखराकै सबैभन्दा अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको भएको यसका सञ्चालकले बताएका छन् ।

युवा व्यवसायी वैभव पौडेल र केशव उदासको संयुक्त लगानीमा यो जिमहल सञ्चालनमा आएको हो । ‘लेकसाइड विशेष गरी विश्वभरका मानिस आउने स्थान पनि हो । र, यहाँ एउटा अन्तर्राष्ट्रियस्तरको व्यायामशाला आवश्यक थियो । त्यही आवश्यकतालाई हामीले परिपुर्ती गर्ने प्रयत्न गरेका हौँ ।’ सञ्चालकमध्येका १ वैभव पौडेलले भने, ‘सेवा सुविधाको हिसाबले हामीले कुनै कम्प्रोमाइज गरेका छैनौं ।’

Advertisement

साउना बाथ, स्टिम बाथ, हट वाटर सावरसँगै कफी सप र खुला पार्किङ यो जिमहलका विशेषता हुन् । त्योसँगै सार्वजनिक बिदामा पुरै दिन र शनिबार मध्याह्न १२ बजेसम्म जिम सञ्चालनमा ल्याउने सञ्चालकले बताएका छन् ।

लेकसाइडको चौथो र पाँचौं स्ट्रिटको बीचमा रहेका एमबीए प्लाजा परिसरभित्र जिमहल छ । जिममा अत्याधुनिक कार्डियो मेसिन राखिएको छ । १२ वटा कार्डियो मेसिन रहेको जिममा अरु ५० वटाभन्दा बढी व्यायाम मेसिन पनि छन् । ‘तौल घटाउने, आवश्यकता अनुसारको शारीरिक बनावट बनाउने, जुम्बासँगै अन्य थुप्रै फिटनेस प्रशिक्षण पनि दिने व्यवस्था गरेका छौं ।’ जिममा मुख्य प्रशिक्षकसमेत रहेका सञ्चालक केशव उदासले भने, ‘र, यो लेभलमा सेवा दिन सक्ने गरी खुलेको जिम बब्स् जिम नै हो ।’

Advertisement

करिब ३ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको जिमहलमा सिक्न आउने प्रशिक्षार्थी तथा खेलाडीका लागि व्यवस्थापनले मिस्टर वल्र्डका गोल्ड मेडलिस्ट महेश महर्जन र पावर लिफ्टिङका नेसनल च्याम्पियन ज्योति थापालाई ‘गेस्ट ट्रेनर’ नियुक्त गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मिस्टर वल्र्ड महर्जनले पोखरामा यसरी ट्रेनरको रुपमा एउटा गज्जबको जिम हलसँग आवद्ध हुन पाउँदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।

बब्स् जिमको उद्घाटन भने कात्तिक ९ गते शनिबार हुने सञ्चालकले बताएका छन् । प्रदेशका अर्थमन्त्री किरण गुरुङले जिम हलको उद्घाटन गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैबीच जिमको सञ्चालकले उद्घाटन विशेष छुट प्याकेज पनि सार्वजनिक गरेका छन् । यो प्याकेज अन्तर्गत जिममा आउने नियमित खेलाडी तथा जिमरले एकमुस्ट त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रकम बुझाएको खण्डमा सोही अनुसारको रकम छुट पाउनेछन् । त्योबाहेक व्यायाम गर्दा आवश्यक सामग्री र प्रोटिनको खरिदमा १० प्रतिशत छुट पाउने सञ्चालकले बताएका छन् ।

तपाईको प्रतिक्रिया