पिस पोस्टर प्रतियाेगिताकाे विजेता स्मारिका

समाधान संवाददाता २०७६ कार्तिक २७ गते १३:३३

समाधान संवाददाता, पोखरा

लायन्स क्लब अफ पोखरा हिमालयनको आयोजनामा भएको पिस पोस्टर प्रतियोगितामा कुमुदिनी होम्सकी स्मारिका बस्यौला प्रथम भएकी छन् । माउन्ट अन्नपूर्ण उच्च माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा १५ विद्यालयका २८ विद्यार्थी सहभागी थिए ।

लायन्सको वार्षिक कार्यतालिका अनुसार भएको प्रतियोगितामा ११ देखि १३ वर्ष उमेरका विद्यार्थी सहभागी थिए । अग्रज कलाकार दुर्गा बराल वात्स्यायन निर्णायक रहेको प्रतियोगितामा तारापुन्ज स्कुलका प्रथम थापा द्वितीय, न्यु मिलिनियमका गणेश शर्मा तृतीय भए । कार्यक्रम संयोजक हरिप्रसाद श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा कलाकार बरालले चित्रकलाको महत्वबारे प्रस्ट्याएका थिए ।

Advertisement

कार्यक्रममा माउन्ट अन्नपूर्णका प्राचार्य प्रदीप लम्साल, रिजन चियर पर्सन बेवराज गिरी, पिस पोस्टर प्रतियोगिता कमिटी चेयर पर्सन जीतेन्द्र थापाले शुभकामना व्यक्त गरे । क्लब अध्यक्ष देवीप्रसाद गुरुङले सम्पूर्ण सहभागीलाई धन्यवाद व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया