डा. केसीका माग सम्बोधन गरः साझा पार्टी

समाधान संवाददाता २०७६ कार्तिक २८ गते १३:२७

समाधान संवाददाता
पोखरा

साझा पार्टीले डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गरेको छ । पोखराको मानव अधिकार चोकमा मंगलबार कोण सभा आयोजना गरी साझाले डा. गोविन्द केसीका माग पूरा गर्न माग गर्दै प्रदर्शन गरेको हो । यद्यपि सीमा मिचिएको प्रतिकूल अवस्थाका लागि भन्दै डा. केसीले मंगलबार अपराह्नबाटै आफ्नो अनसन स्थगित गरेका छन् ।

कोण सभालाई सम्बोधन गर्दै पार्टीकी केन्द्रीय सदस्य तथा उपनिर्वाचनमा कास्की क्षेत्र नं २ की उम्मेदवार रजनी केसीले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातलाई पूर्ण रुपमा राज्यको नियन्त्रणमा नराखिएसम्म डा. केसी जस्ता सत्याग्रहीले पटक पटक अनसन बस्नुपर्ने दुखद अवस्था आइरहने बताइन् । आफ्नो पार्टीको मुख्य नारा नै स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायात राज्यको दायित्वभित्र राखिनुपर्ने रहेको भन्दै जनताको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई निर्वाचनबाटै परास्त गर्नुपर्ने धारणा राखिन् ।

Advertisement

विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने लगायतका माग राख्दै डा. केसीले डडेल्धुरामा १७ औं अनसन सुरु गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया