१५ करोड लागतमा बेनीकाे तातोपानीमा होटल बन्दै

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:०९

राकेश शर्मा
म्याग्दी

म्याग्दीको बेनी नगरपालिका ४ सिंगा तातोपानीमा १५ करोड लागतमा होटल बन्न लागेको छ । म्याग्दीका १ व्यवासायीले प्राकृतिक उपचारको केन्द्र तातोपानीमा श्रेष्ठ होटल हटस्प्रिङ होटल निर्माण गर्न लागेका हुन् ।

बेनीका प्रमोद श्रेष्ठले सिंगा तातोपानीको तल्लो बजारमा करिब २ रोपनी जग्गा लिएर बिरामी र पर्यटक लक्षित होटल निर्माण गर्न लागेका हुन् । उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्षसमेत भएका श्रेष्ठले तातोपनीमा होटल सञ्चालन गरी टोड्के जाने र मुस्ताङ जाने पर्यटक तातोपानीमा १ दिन बस्ने खोजे पनि राम्रो होटल नभएकाले आफूले होटल सञ्चालन गर्न लागेको बताए ।

Advertisement

होटलको बिहीबार शिलान्यान्स बेनी ४ का अध्यक्ष गोविन्द पौडेलले होटल सञ्चालनमा आए तातोपानीको मुहार फेरिने बताए ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले होटलमा लगानी बढ्नु सुखद पक्ष भए पनि पूर्वाधार निर्माणलाई पनि तीब्रता दिई समयमा नै सक्नुपर्नेमा जोड दिए ।

Advertisement

म्याग्दीका होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले ठूला होटलमा लगानीका अवसर र चुनौती दुवै भए पनि अहिलेकै अवस्थामा पूर्वाधारमा जोड नदिइए लगानी जोखिममा पर्नसक्ने बताउँदै अहिले तातोपानीमा बन्ने होटलले पर्यटकको मन जित्ने बताए ।

तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्रमान शाक्यले पछिल्लो समय तोतापानीमा होटल क्षेत्रमा लगानी बढे अनुसारको प्रतिफल हुन नसकेको बताए ।

तपाईको प्रतिक्रिया