महतगाैंडामा १० करोडमा फेवा रेडी मिक्सचर

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १३:२८

समाधान संवाददाता, पोखरा

पोखरा १७ महतगाैंडामा झन्डै १० करोड रुपैयाँको लागतमा ‘फेवा रेडी मिक्सचर प्रालि उद्योग स्थापना भएको छ । पोखरा महनगरपालिकाका मेयर मानबहादुर जिसीले उक्त प्रालिको बिहीबार उद्घाटन गरे ।

मेयर जिसीले युवाहरु व्यवसायमा आकर्षित हुँदा महानगरकै गौरव बढेको सुनाए । उनले उद्यमशीलताबाटै समृद्धि हाँसिल हुने विचारसमेत प्रकट गरे । फेवा रेडी मिक्सचर प्रालिका अध्यक्ष जनकप्रसाद काफ्लेले कंक्रिट र सिमेन्टको मिश्रण गरी तयारी पारिने रेडीमिक्स बाटो, घर तथा भवन निर्माण लगायतमा प्रयोग गर्न सकिने जनाउँदै आफूहरुले उच्चस्तरीय प्रविधि ल्याएको जानकारी दिए ।

Advertisement

पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले महतगौंडा क्षेत्रमा बन्जी, फनपार्क, रेडी मिक्सचर गरी करिब ५० करोड रुपैयाँ निजी क्षेत्रबाट मात्र लगानी हुनु खुसीको कुरा भएको बताए । नेपाल निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पहारी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यावसायिक सफलताको कामना गरे ।

८ रोपनी जग्गामा स्थापित उद्योगले आफ्नै अत्याधुनिक ल्याबबाट उत्पादनको गुणस्तर जाँच गरेर मात्र बजार पठाउने पनि अध्यक्ष काफ्लेले सुनाए । उद्योगका अर्का सञ्चालक बलबहादुर राना मगरले दिनिक १ हजार ८० घनमिटर उत्पादन क्षमता उद्योगसँग रहेको जानकारी दिए । सञ्चालक खिमप्रकाश मल्लले गुणस्तरमा सम्झौता नगर्ने बताए । उद्योग सञ्चालकमध्येका एक विनोद केसीले आफ्ना उत्पादनबारे जानकारी गराए ।

Advertisement

पोखरा १७ का वडा सदस्य वैकुण्ठ भण्डारी, निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष सुरेश श्रेष्ठ, समाजसेवी श्यामप्रसाद शर्मा र स्थानीय दीपक आचार्यले शुभकामना व्यक्त गरे । उद्योग स्थापना गर्न सहयोग पु¥याएकाहरुलाई उक्त कार्यक्रममा मायाको चिनो प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया