विप्लव समूहका जाजरकोट इञ्चार्ज पक्राउ

समाधान संवाददाता २०७६ कार्तिक २९ गते १४:५९

रासस, जाजरकाेट

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति बाँकेको कोहलपुरबाट पक्राउ परेका छन्।

नलगाड नगरपालिकाको रघुनाथमा घर भई पूर्वमाओवादी लडाकुसमेत रहेका ओली गएराति कोहलपुरबाट पक्राउ परेको प्रहरीले जनाएको छ।

उनलाई चन्दा आतंक, एनसेल टावर आक्रमण र वडा कार्यालयमा आगजानी गरेको आरोप लागेको छ।

तपाईको प्रतिक्रिया