लोकतन्त्रमा जनताको मत शक्तिशाली

समाधान संवाददाता २०७६ मंसिर १० गते १२:३८

समाधान संवाददाता, पोखरा

Advertisement

साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्रले देश रुपान्तरणका लागि जनता स्वयं सचेत हुनुपर्ने बताएका छन् । सोमबार पोखरा ७ शान्तिनगर चोकमा आयोजित कोणसभामा मिश्रले लोकतन्त्रमा जनताको मत शक्तिशाली हुने बताएका हुन् । उनले देशको मुहार बदल्न जनता जिम्मेवार हुनुपर्ने बताउँदै उपनिर्वाचनमा साझा पार्टीलाई मत दिन आग्रह गरेका हुन् ।

‘देश रुपान्तरण गर्ने हो भने जनता स्वयं परिवर्तन हुनुपर्छ, अधिनायकवादी भएको ठाउँमा अधिनायक सर्व शक्तिमान हुन्छ,’ उनले भने, ‘नेपालमा लोकतन्त्र आएको वर्षौं भयो, लोकतन्त्रमा जनताको मत बम भन्दा शक्तिशाली हुन्छ ।’

Advertisement

पार्टीगत भावनाबाट मुक्त भएर स्वतन्त्र रुपमा आफ्नो मत खसाल्न आग्रह गरे । नागरिकले स्वतन्त्र भएर मतदान गरे लोकतन्त्र परिस्कृत हुने बताउँदै संयोजक मिश्रले भने, ‘पहिले स्वतन्त्र हुनुस्, अनि विवेक प्रयोग गरेर मत खसाल्नुस्, त्यसपछि मात्र देश विकास हुन्छ ।’ भावी पुस्ताको भविष्य सुधार गर्न साझा पार्टीबाहेक अरु कुनै पार्टी देशमा विकल्प बन्न नसक्ने उनले दाबी गरे । ‘अब कार्यकर्ता बनेर होइन, असल अभिभावक बनेर मतदान गर्नुपर्छ, आफ्नो सन्तान र भावी पुस्ताको बारेमा सोच्ने बेला आयो ।’

देशमा विकल्पको खोजी
कोणसभालाई सम्बोधन गर्दै कास्की २ का उम्मेदवार रजनी केसीले जनमतको कदर र जनताको विश्वासप्रति सधैं सचेत रहने प्रतिबद्धता जाहेर गरेकी छन् । उनले भनिन्, ‘विश्वासको राजनीति गर्न देशप्रेमी युवा संगठित भएका हौं, हाम्रो स्वार्थ भनेको देश बनाउने मात्र हो, त्यसबाहेक कुनै स्वार्थ छैन् ।’ कां्रग्रेस र कम्युनिस्टलाई देखाउँदै रजनीले भनिन्, ‘पुराना दलहरु पटक पटक सत्तामा गए पनि कुनै उल्लेख्य काम गर्न नसकेकै हुन्, देशले विकल्प खोजेको छ, साझालार्यं जिताउनुस् । कास्की २ को उपनिर्वाचन सत्तारुढ र प्रतिपक्षी दल दुवैलाई सबक सिकाउने माध्यम हुने भएकाले साझा पार्टीले मिनी जनमत संग्रहको रुपमा लिएको बताइन् । ‘सत्ता र प्रतिपक्षमा भएका दलले गरेका कुकर्मको फललाई पखाल्न पनि कस्केली जनता सामु साझा बनेर आएको छु,’ उनले भनिन्, ‘जनताले आफ्नो मतमार्फत् पाठ सिकाउने समय आयो ।’

Advertisement

सभामा साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुनप्रसाद खनालले नेपाली जनताले देशको मुहार फेर्न आन्दोलन र प्राण त्याग गरे पनि त्यसको नातिजा भ्रष्टाचार र कुशासन मात्र आएको बताए ।

साझा पार्टीले चुनावको मिति नजिकिँदै गर्दा मतदाता भेटघाटलाई तीव्र बनाएको छ । पार्टीका तर्फबाट उम्मेदवार बनेकी रजनी केसी जनमत आफ्नो पक्षमा पार्न कास्की निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने ११ वटै वडाका स्थानीयसँग भेटघाटमा व्यस्त छिन् । पार्टीले सोमबार रत्न चोक, राष्ट्रबैंक चोक, सिर्जना चोकलगायतका ठाउँमा पनि कोणसभा आयोजना गरेको थियो ।

कोण सभामा केसीले हुकुमी शासन लाद्न खोज्ने कम्युनिस्ट उम्मेदवारबाट नागरिकले न्याय पाउन नसक्ने ठोकुवा गर्दै परिवर्तनलाई मनमा लिन आग्रह गरिन् । कम्युनिस्टले दिने व्यवस्था र साझाले दिने परिवर्तन फरक रहेको बताउँदै पुरानो विचार त्याग्नसकेमात्र परिवर्तन हुने बताइन् ।

कोण सभामा केसीले हुकुमी शासन लाद्न खोज्ने कम्युनिस्ट उम्मेदवारबाट नागरिकले न्याय पाउन नसक्ने ठोकुवा गर्दै परिवर्तनलाई मनमा लिन आग्रह गरिन् । कम्युनिस्टले दिने व्यवस्था र साझाले दिने परिवर्तन फरक रहेको बताउँदै पुरानो विचार त्याग्नसकेमात्र परिवर्तन हुने बताइन् ।

तपाईको प्रतिक्रिया