सिद्धबाबालाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति

समाधान संवाददाता, काठमाडाैं
चताराधामका धर्मगुरू सिद्धबाबा भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।
सुनसरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार सोमबार बिहान पक्राउ परेका गिरीलाई स्वास्थ्य परीक्षणपछि अदालत लगिएको थियो।
अदालतले जबरजस्ती करणी मुद्दामा थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिए पनि स्वास्थ्य अवस्थाका कारण गिरीलाई पुन: अस्पताल नै पठाइएको छ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई सुनसरी प्रहरीले अस्पतालको आइसियूबाटै पक्राउ गरेको थियो।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी विनोद शर्माको टोलीले गिरी बिहान करिब ५ बजेतिर उनी उपचाररत् विराटनगर अस्पतालबाट पक्राउ गरेको थियो।
गिरीलाई ‘माइनर हार्टअट्याक’ भएपछि आइसियूमा राखेर उपचार थालिएको विराटनगर अस्पतालले जनाएको छ।







माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया