कालापानी, भारत र उज्वल नेपाल

समाधान संवाददाता २०७६ मंसिर ३० गते १६:२४

सुदर्शन प्रधान

भारतले नेपालको सुदुरपश्चिममा पर्ने दार्चुलास्थित त्यहाँको सुदुर उत्तरको लिम्पियाधुरा र कालापानी सेरोफेरो ३ सय ७२ वर्ग किमि भूभाग हालै आफ्नो नक्साभित्र पारेर छापेपछि नेपालमा एक ठूलो तरंग पैदा भयो । त्यस घडीमा नेपाली कांग्रेस पार्टी लगायत थुप्रै पार्टीका नेताले भारतसँग ‘कुटनैतिक संवाद तुरुन्त थाल्न पर्छ’ भनेर सरकारलाई सुझाव दिए । त्यसबेला प्रधानमन्त्री ओलीले ‘नेपालको १ इन्च जमिन पनि छोडिने छैन, भारतीय फौजलाई लखेटेरै छोड्छौं ।’ भनेर बोले । प्रधानमन्त्री के.पी. ओलीका शब्द स्कुले विद्यार्थी नेताको आवेगको भाषण जस्तो ! वास्तवमा प्रधानमन्त्री जस्तो राष्ट्रको प्रमुख कर्यकारी व्यक्तित्वले आफ्नो मातहतको परराष्ट्र मन्त्रालय, रक्षा, गृह लगायत मन्त्रालयलाई आवश्यक नीति निर्देशन दिइ तुरुन्त कुटनैतिक संवाद, दृढ रुपले स्पष्ट तर्क र एैतिहासिक प्रमाणका आधारमा दह्रो कदम चाल्ने पो हो र आफ्ना प्रयास जनतामाझ सार्वजनिक गर्ने पो हो । नेपाली जनतालाई नजगाई सेना र प्रहरीको भरमा कालापानीबाट भारती फौजलाई हटाउन सकिन्छ भनेर कल्पना पनि गर्न सकिन्न ।

सन् १९६२ को चिन–भारत विचको युद्धमा भारत पराजित भएपछि भारतले दावी गरेको ‘म्याक मोहन लाइन’बाट पछाडि हट्न बाध्य भयो । भारतमा अग्रेंजको उपनिवेश हुदाँ उसको सर्भेयर विद् म्याक मोहन र चीनको तिब्बतस्थित दलाइ लामाको प्रतिनिधिले छुट्याएको लाइनलाई नै ‘म्याकमोहन लाइन’ भनिन्छ । पश्चिमको लद्दाख र पूर्वको अरुणाञ्चल प्रदेशमा पर्ने सो भूभागको सिमाबारे चीनको आफ्नै ऐतिहासिक प्रमाण र आधार छन्, नेपालको कालापानीमा झैं । भारतले दशौं हजार वर्ग किमि भूभाग हडपेको चीनको दावी छ । जे होस् सन् १९६२ को चीनसँगको युद्धमा भारत हारे पछि उसलाई जंग चल्यो क्रुद्ध बन्यो ।

Advertisement

बलियाका अगाडि पुच्छर लुकाएर भाग्ने भारतलाई त्यसबेला कमजोर नेपालसँग रिस उठ्यो । अनि के गरुन् त तिनले गाउँसहरतिर पटमूर्ख गुण्डा मात्र आफूभन्दा बलियाबाट २÷४ मुक्का खायो भने अरु निर्बलिया र सोझा मान्छेलाई निहुँ झिकेर ४÷६ मुक्का हानी सन्तोष माने झैं भारतले युद्धमा पराजय भोगेपछि नेपालमाथि त्यस्तै ग¥यो, कालापानी लिम्पीया धुरा सेरोफेरोको ३ सय ७२ वर्ग किमि भूभाग कब्जा गरेर ।

माथिको भूमिमा भारतीय बिसौं हजार शसस्त्र सेना तैनाथ छन् । नेपाल, चीन र भारतको त्रिदेशीय बिन्दु लिम्पियाधुरा हो । यहाँबाट दक्षिण, कालापानीबाट उत्तर र लिपुलेकबाट पश्चिम सेरोफेरो ३ सय ७२ वर्ग किमि भूभाग भनेको मूलत पहाड, पठार, चिसो र उराठलाग्दो छ । त्यहाँ न त उर्वराभूमि छ, न हिरा सुन र तामा खानी । तर भारतले त्यहाँ आफ्ना सेनाका लागि खाना, कपडा, आवास, हतियार, गोलीगठ्ठा, स्वास्थ्य उपचार, गाडीवाहन इत्यादि कुराका लागि वार्षिक सय अरबभन्दा धेरै लगाानी गर्छ । पाकिस्तानसँगको सिमामा पनि उसका लाखौं शसस्त्र सेना तैनाथ छ । परेड खेल्नेबेला ती सबै सेना आकाश थर्कने गरी गीत गाउँछन्,

Advertisement

‘हमारा भारत महान् है,
हमारा पथमार्ग सत्य है
हम जरुर विजय होगें
दुश्मनको जरुर परास्त करेगें’

तर यथार्थमा रगत र आँसु बग्ने र बगाउने पेसामा संलग्न सेनाका लागि भारतका मूलत किसान र मजदुरले भार बोक्नुपर्छ, उनीहरुका दैनिकी र जीवन कहाली लाग्दो छ । हरेक वर्ष बिसौं, तिसौं लाख मजदुर, किसान रोगी बिमारी हुँदा औषधी नपाई अल्यायुमै मर्नुपर्छ, आर्थिक भौतिक अभावले वर्षेनी लाखौं भारती मजदुर किसानले आत्माहत्या गर्छन् । तर शासक वर्ग सेनाजस्तो अनुत्पादक क्षेत्रमा असिमीत रुपैयाँ लगानी गर्छन् । नेपालबाट वर्षेनी त्यस्तो पेसामा हजारौं युवा भर्ती हुन पुग्छन् । गाउँघरतिर अझै पनि ‘लाहुरे’ शब्द लोकप्रिय छ । धिक्कार छ यो दुर्गन्धित परिवेशलाई । गोर्खा भर्ती केन्द्र कहिले रोक्ने ? क्रुर राणाका बिँडो थामेर अझै बसिरहने ?

५७ वर्ष अघिदेखि कालापानीमा जरा गाडेर बसेको भारती फौजलाई हटाउन त्यती सजिलो छैन । जति बोल्नलाई छ । चीनको भूभाग भारतले यसरी कब्जा गरे उसले २ घण्टामा पछाडि हट्न बाध्य पार्न सक्थ्यो । किनकि उसँग निशानेबाज क्षेप्यास्त्र, बेजोडका हवाइसेना, पहाडी र हिमाली भेकमा युद्ध लड्ने पोख्त जनमुक्ति सेना र आवश्यक पर्ने लजिस्टिक, सन्चार र खाद्यन्न आपुर्ती गर्ने अनी विश्वकै सर्वाधिक शक्तिशाली रकेट सेना छन् । तर नेपालसँग सेना, शसस्त्र प्रहरी र जनपथ प्रहरी झण्डै २ लाख ५० हजार छ । कालापानी मुक्तिको लागि यो शक्ति काफी छ । तर सैन्य, प्राविधीक र मनोवैज्ञानिक रुपले नेपाल धेरै कमजोर छ ।

विगत ६ दशकदेखि भारती सत्ताका नेतृत्व गर्ने र त्यहाँका सैन्य कमाण्डर अनि सिपाही कालापानीको विषयमा कुनै पनिबेला नेपालसँग युद्ध हुन सक्ने मानसिकता बोकेर बसेको छ । तर नेपालमा चाहिं २०५६ सालमा तत्कालिन विद्यार्थी नेता रुपनारायण श्रेष्ठको नेतृत्वमा युवा खुकुरी भिरेर पुगेको इतिहास मात्र छ । रुपनारायण कमाण्डको यो देशभक्त विद्यार्थीको दलले नेपालभरी देशभक्तिको झंकार दिएको हो । त्यसबेला केही पत्रिकाले ‘देशभक्तिको यात्रा’ विद्यार्थी नेता रुपनारायणको दलले भारती फौजलाई नांगो खुकुरी देखाए, लगायतका समाचार छापे । विधानले कालापानीको गीतको रचना यसैबेला गरे । एफ.एम. र टिभीले प्रसारण गरे । तर पछि एकाएक ती सबैले प्रसारण गर्न रोके । नेपालको प्रदुषित राजनीतिक माहौलले होला, कालापानीको सवाल सेलाउँदै गयो, रुपनारायण जस्ता देशभक्त नेपथ्यमा रहे, कालापानीबारे पनि उच्चारण नगर्ने सांसद, मन्त्री र अझ माथि पुगे । बामदेव कालापानीबारे अझैसम्म केही बोल्दैनन् । प्रचण्ड चाहिँ, यो उपनिर्वाचन पूर्व ठाउँठाउँमा गएर नेपालको १ इन्च पनि जमिन छोडिने छैन, भनेर प्रवचन त दिए ।

हो, अब विस्तारै जनयुद्धकालमा प्रचण्डले भनेको भारतविरुद्ध सुरुङ युद्ध थाल्न पर्ने हुनसक्छ । त्यसको लागि १८÷३० वर्ष उमेर पुगेका हरेक नेपाली युवाले २ वर्ष सैन्य प्रशिक्षण लिन पर्छ वीट्जरल्याण्ड र इज्रायलमा झैं । जुन अवधिमा नेपालमा भएको अथाह प्राकृतिक श्रोत कृषि, पशुपालन, पर्यटन, जलविद्युत् खानी बारे पनि अध्ययन अनुसन्धान गरेर राष्ट्रलाई हरेक विषय र क्षेत्रमा आत्मा निर्भर तुल्याउने मार्गमा लाग्नु पर्छ । युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, भारतलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्ने स्कुल, कलेजलाई नेपाल र नेपाली जनताको समृद्धि, सम्पन्न र शक्तिशाली तुल्याउने मार्गमा दोहो¥याउन पर्छ ।

भारतले हालै कालापानी क्षेत्रको नक्सा आफ्नोमा पारेर छाप्नु पछाडि उसको रणनीति अकल्पनीय हुन सक्छ । त्यो के भने कालापानीको सवालमा तनाव बढेपछि सैन्य कारवाहीको सिर्जना हुन सक्छ । त्यो द्वन्द्व बढ्दै गएपछि भारतले कुनै पनि मूल्य चुकाएर कालापानीको प्रतिरक्षा गर्नेछ तर उसका स्थल हवाइ, र जल सेनाले नेपालको सिमावर्ती सहरबजार र भूभाग कब्जामा लिन सक्छ । त्यो विसम् परिस्थिति सिर्जिएमा भारती फौजको आक्रमण अरु तेज गतिले बढ्न सक्छ । उसको मूल लक्ष्य सिंगो नेपाल नै हो । भारतमा गाभ्ने, नसके मैदानी भेक कब्जा गर्ने त्यो पनि नसके कालापानी सेरोफेरोको ३ सय ७२ वर्ग किमि र मेचीदेखि महाकालीसम्मको सिमा अतिक्रमण गरेको २ सय ३४ वर्ग किमि जम्मा ६ सय ६ वर्ग किमि नेपालको भूभाग कब्जा गरेर सुगौली सन्धी झैं अर्को सन्धी गर्न नेपाललाई बाध्य तुल्याउने ।

ऋषिमनको नेता भएको स्वयम् घोषित नरेन्द्र मोदी हिन्दू धर्मका कट्टर तथा स्वर्ग र नर्कमा विश्वास गर्ने एउटा क्रुर शासक हुन् । भारतमा उनको उदयको पृष्ठभूमि र उनका सैद्धान्तिक आधार कति कमजोर छन् भने एउटा पशु (गाई) को राजनीति गर्ने पार्टी र मान्छेको भविष्य कस्तो होला । २०६५ कार्तिकको दोस्रो हप्ता तत्कालिन नेपाल सेनाका जर्नेल शिवराम प्रधानसँग लमजुङको पर्यटकिय गाउँ घलेगाउँको यात्रामा हामी सँगै थियौं । नेपालको राजनीति, सैन्य समायोजन, नेपालमा भारतको हरेक कुरामा हस्तक्षेप विविध विषयमा छलफल बाटोमा भयो । माओवादी जनमुक्ति सेनाको महत्व संप्रेशण गर्ने उद्देश्यले १ प्रसंगमा÷ मैले प्रश्न राखें ‘दाइ ! नेपाल–भारतबीच युद्ध भयो भने नेपाली सेनाले भारती सेनासँग कति दिन लड्न सक्ला ?’

‘२ हप्ता जति थेग्न सक्ला ! किनकी उनीहरुका लामो दुरीका क्षेप्यास्त्र, हवाइ सेना र स्थल सेनाको संख्या र गुण नेपालको तुलनामा धेरै माथिको छ ।’ उहाँले भन्नुभयो । ‘हाम्रा नियमित सेनालाई साथ र सहयोग गर्ने गुरिल्ला सेना भए भने’ मैले भन्दै गएँ, ‘उसका सेना जहाँ बास बस्छन्, त्यहीं ढुस्कुट हुन्छन्, लडाइमा २÷४ वटा क्षेश्यास्त्रले निर्णयक भूमिका त खेल्दैन । अन्तिम युद्ध त स्थल युद्ध र सेना नै हुन्छन् । माओवादी सेना भनेको मूलत गुरिल्ला सेना नै हुन् । देशको लागि नेपाल सेनाको अनुभव र माओवादी जनमुक्ति सेनाका अनुभव ठूलो सम्पति हो, यसको संरक्षण गर्न पर्छ ।

जर्नेल शिवराम प्रधान चाहिं मेरा शब्द सुनेर ‘हो, हो’ मात्र भन्नु हुन्थ्यो । उहाँले माओवादी जनमुक्ति सेना समायोजनमा महत्वपूर्ण स्थानमा रहेर भूमिका निर्वाह गर्नुभयो । तर बर्हिगमन धेरै भयो । वास्तवमा ती सबै लडेर आएका योद्धा सेनामा समाहित हुनपथ्र्यो र उनीहरुलाई उत्पादनमा लगाउन पथ्र्यो ।

आज खाद्यन्नमा भनौं चामल, दाल, तरकारी, माछा, खसी, राँगा, भैसी, फलफुल, खाने, तेल दुध जस्ता वस्तुमा वार्षिक झण्डै ३ सय अरबभन्दा बेसी रुपैयाँ भारत गइरहेछन् । जुन अधिकांश रासायनिक मल, विषादी र हार्मोन राखेर उत्पादन गरिन्छन् । जुन खाद्यन्नले नेपाली जनताको स्वास्थ्य खराब भएर वार्षिक औषधी उपचारको लागि अरु ३ सय अरबभन्दा बेसी रकम बाहिरी मुलुकमा गइरहेछन् । नेपालको ६० लाखभन्दा धेरै युवा विदेशमा कठिन, जोखिम र फोहोरी काम गर्न विवश छन् । ती सबैलाई नेपालमा आउने वातावरण बनाउनुपर्छ । जुन युवाले खाडी मुलुक, मलेसिया र भारतमा कमाउने वेतन भन्दा यहाँ डब्बल आर्जन गर्न सक्छन् । तर त्यसको लागि यहाँको वातावरण अनुकुल हुनप¥यो, राज्य चलाउनेले त्यस्तो वातावरण बनाउन प¥यो । कृषि तथा पशुपालन, जलविद्युत, पर्यटन उद्योग, खानी नै ती मूल आधार हुन् । हिमाल, पहाड र तराई भरि फरक भुगोलमा फलफूल, तरकारी, अन्न, पशुपंक्षी पालन र विविध खाद्यन्न प्रचुर उत्पादन गरेर ती सबै अर्गानिक बनाई सम्पूर्ण नेपालीलाई पर्याप्त पु¥याएर विदेशमा निर्यात गर्न सकिन्छ ।

वार्षिक ५ सय अरब डलरभन्दा अधिक आर्जन गर्न सकिन्छ । जसरी अमेरिकाले वमगोला र बन्दुक संसारभरी विक्री गरेर वार्षिक पचासौं खरब डलर आर्जन गर्छन् । मध्यपूर्वका राष्ट्र पेट्रोलियम विक्री गरेर खरबौं खरब कमाउँछन्, जापानले मेसिनरी र महंगा गाडी विक्री गरेर डलर कमाउँछन्, चाइना चाहिँ ती सबै लगायत कृषि उत्पादन पनि संसारभरि विक्री गरेर वार्षिक ट्रिलियन डलर कमाइरहेछन् । यता नेपाल भने ती सबै खरिद गरेर हरेक नेपालीको टाउकोमा झन्डै ५० हजार वैदेशिक ऋण पु¥याएका छन् । अझै यहाँको नेता अनेकांै गफ हाक्छन् । तर्कले तारा झार्छन् ।

राणाशाही मानसिकता भएका नोकरशाह र नेता छउन्जेल केही हुन्न । सरकारी जागिर खाने १ जना कृषि विज्ञ तथा कर्मचारीले व्यवसायिक कृषि तथा पशुपालन फर्म खोलेर पेसा अपनाएको यो पंक्तिकारलाई थाहा छैन । किनकि उनीहरुलाई थाहा छ, यो पेसा कठिन र जोखिमपूर्ण छ । बरु ऊ अरु नै पेसामा लाग्छन् र खाद्यन्न पनि नन्–अर्गानिक खान्छन् । स्मरण रहोस् भारतबाट आयातित र नेपालको तराईबाट ल्याइएका चामलहरु ९० प्रतिशतभन्दा अधिक रसायनिक मल, विषादी र धान बालीको झार मार्ने रसायनिक विष प्रयोग गरिएका हुन्छन् । व्यापारीले चामलको नाम, लेबल र बोरा जति आकर्षित पार्छन्, त्यति नै धेरै त्यो स्वास्थ्यलाई नोक्सानपूर्ण हुन्छ । ‘के गर्नु यो विज्ञापनको जमाना हो’ भन्छन् । उपभोक्ता पनि हरेक कुरा चम्किला, ठूला र राम्रा खोज्छन्, जुन वस्तु घातक हुन्छन् भनेर उनीहरुलाई अझैसम्म ज्ञात छैन । यसरी सहर बजारका शतप्रतिशत जनता अल्सर, क्यान्सर, उच्च रक्तचाप, सुगर, पार्कन्सिस अल्जाइमर, वाथ, जस्ता १ सय ५० वटा घातक रोगका मुखमा गइरहेछन् । पुछारमा, राष्ट्रियता, जनजिवीका र भावी सन्ततिको उज्वल भविष्यको लागि अनि नेपाल र नेपाली जनताको अस्तित्वको लागि एक्यवद्ध, अनुशासित र दृढ कदम चाल्न नेपाल आमा चिल्लाउदै छिन् र निम्न कुरा तुरुन्त थाल भन्छिन्,

१. मेरा छोरा बलभद्र कुवँर, भक्ती थापा, अमर सिंलाई आत्मासात गरी ज्यान तताउ ! सिंगो नेपाली कुनै पनि बेला रणभुमिमा जानुपर्ने हुन सक्छ । हिम्मत गर कसैसँग नडराउ ! १ बारको जुनीमा अजम्बरी कोही छैन ।

२. देशभक्ति फिल्म गीत, कविता, कथा, नाटक, उपन्यास रचना गर ! प्रकाशन गर । नेपालको हिमाल, पहाड र तराई भरिका जनमानषलाई झंकार देउ ! ब्यूझाउ ! उठाउ ! एक्यवद्ध र अनुशासित बन ! माया र मैथुनमा आधारित गीत नसुन ! त्यस्तो फिल्म टेलिश्रृंखला नहेर !

३. हरेक कुरामा आत्मनिर्भर बन ! मुलत कृषिमा ! खाडीको मरभूमिमा अन्न, तरकारी, फलफूल उब्जाइन्छ भने मेरो जिउमा त छेलोखेलो पानी र माटा छन् त ! मुस्लिमका टाउकाभित्र मस्तिष्क छन् भने नेपालका तिमी हिन्दू र बौद्धिष्ट टाउकाभित्र गिदि नभए गोबर छन् त ?

४. मेरो कोषको हिरामोती (पर्यटन, जलविद्युत्, भू–सम्पदा) उत्खनन् गरी सम्पन्न, समृद्धि र शक्तिशाली बन्ने जागर देखाऊ ! दिमाग खियाऊ ! हात खुट्टा चलाऊ !

५. प्रगती र उन्नतिको पथमा लाग ! बाधा दिने शक्ति आए तिनलाई जनआन्दोलनको लाठोले तह लगाऊ ! जसरी २०६२÷०६३ को जनआन्दोलन प्रदर्शन ग¥यौ, मेरो शिरदेखि पुछारसम्म ।

६. न्यायपूर्ण र नमुनापूर्ण कामकरवाही गदै आएका व्यतित्व र खाडीको मरभूमिमा तरकारी फलाउने, भेडा बाख्रा चराउने पौरखीको महत्व ठूलो छ । सेना, प्रहरी, कर्मचारीतन्त्रमा तिनैलाई भर ! राजनीति पनि उनैलाई गर्न देऊ !

७. म आमा हुँ, श्रृष्टिकर्ता । यहाँ म जस्तै १ करोड ५० लाख आमा छन् । तिनलाई सचेत, सवल र सक्षम बनाऊ ! जिम्मेवार बोक्न सक्ने प्रतिभालाई उठाऊ ! प्रोत्साहन गर ! विश्वास गर ! मातृ हृदय महान् र अद्धितिय हुन्छ । समाज र संसारको पथ दर्शन गर्न तिनैलाई देऊ, क्रमश ! यदि सबै शान्ति र सुव्यवस्था चाहन्छौ त ।

तपाईको प्रतिक्रिया