पाकिस्तानका पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्ड दिन अदालतको आदेश

समाधान संवाददाता २०७६ पुष १ गते १४:१२

एजेन्सी

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

इस्लामावादस्थित विशेष अदालतले मंगलबार मुसर्रफलाई सन् २००७मा देशमा संकटकाल लगाएर देशद्रोह गरेको आरोपमा मृत्युदण्ड दिने फैसला गरेको पाकिस्तानी समाचारपत्र द डनले जनाएको छ।  

Advertisement

पूर्वराष्ट्रपतिलाई मृत्युदण्डको फैसला सुनाएको यो पाकिस्तानको पहिलो घटना हो।

तीन जना न्यायाधीशहरूको इजलासले पूर्वसैनिक शासक मुसर्रफलाई सुनाइएको मृत्युदण्डको फैसलाको पूर्णपाठ ४८ घन्टाभित्र आउने बताएको छ। जेल परेका मुसर्रफ पछिल्लो समय उपचारका लागि संयुक्त अरब इमिरेट्समा छन्। 

Advertisement

मुसर्रफलाई दुई पटक पाकिस्तानी संविधानको उल्लंघन गरेको आरोप लागेको थियो। पूर्वप्रधानमन्त्री नवाज सरिफले मुसर्रफमाथि लागेको आरोपको सुनुवाइ गर्न विशेष अदालत गठन गरेका थिए। 

सन् २०१३ मा मुसर्रफविरूद्ध देशद्रोहको मुद्दा दर्ता भएको थियो। 

तपाईको प्रतिक्रिया