पोखरामा ‘उ मरेकी छैन’ मञ्चन हुने

समाधान संवाददाता २०७६ पुष ३ गते १४:०५

समाधान संवाददाता
पोखरा

न्यारेटर समूहले पोखरामा पहिलो प्रस्तुति ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दै छ । नाट्यसम्राट बालकृष्ण समले लेखेको उक्त नाटक पुस ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थियटरको गन्धर्व नाटक घरमा मञ्चन हुनेछ । नाटक मञ्चनको सम्पूर्ण तयारी पूरा भएको न्यारेटर समूहका रेवन राई जानकारी दिए ।

यो धार्मिक नाटक हो । नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दै छन् । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोकशैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । नाटक हेर्न दर्शकले १ घन्टा १० मिनेट खर्चनुपर्नेछ ।

Advertisement

पहिलो पटक सन् २०१२ बाट नाटक लेखन तथा निर्देशनमा सक्रिय चे शंकरले हालसम्म १ दर्जन बढी नाटक दिर्नेशन गरिसकेका छन् । अहिले उनी नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशील छन् ।

नाटकमा रोसन ज्ञवाली, सन्दीप पाण्डे, ज्योति हमाल, विष्णुराज तिमिल्सिना, टीकाराम पौडेल, अनुप अधिकारी, सृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसाइली, गौरव पौडेल, दिलकुमारी, लक्ष्मी हमालले अभिनय गर्दै छन् । नाटकमा सहनिर्देशनक रेवन राई छन् ।

Advertisement

नाटक पुस १४ गतेसम्म दिउँसो सवा ४ बजे नियमिति सो तथा शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन गरिने सहनिर्देशक रेवन राईले बताए । उनले आफूहरुको पहिलो प्रयासको नाटक हेरेर प्रतिक्रिया दिन सबैसँग अनुरोध गरे ।

तपाईको प्रतिक्रिया