—प्याब्सन स्पोर्टस मिट— फुटबल, एथलेटिक्स र भलिबलका खेल जारी

समाधान संवाददाता २०७६ पुष ३ गते १४:०९

समाधान संवाददाता, पाेखरा

निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले आयोजना गरेको १६ औं प्याब्सन स्पोर्टस मिट २०७६ अन्तर्गत फुटबल, भलिबल र एथ्लेलिेटिक्सका खेल जारी छन् । बुधबार सम्पन्न छात्र सिनियर फुटबलतर्फ सम्पन्न खेलमा स्नो भ्युले नवदीपलाई २–० ले, शान्ति निकुञ्जले रेन्बो एकेडेमीलाई ३–१ गोलले, हार्वडले जेसिएलाई ३–० र मेरिगोल्डले ग्लोबललाई २–१ गोलले ग¥यो । ती विद्यालय क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी छात्र जुनियर फुटबलतर्फ नवदीप, प्रगति नेपाल आदर्श र शान्ति दीप क्वाटर फाइनलमा प्रवेश गरेकाछन । बिहीबार बाट छात्र फुटबल सिनियर तथा जुनियरतर्पm क्वाटर फाइनलका खेल सुरु हुने छन् ।

एथ्लेटिक्स
एथ्लेटिक्सतर्फका खेलमध्ये केही इभेन्ट बुधबार भएका छन् । १०० मिटर छात्रातर्फको खेलमा बाल कल्याणकी सृष्टि तामाङ १५.२५ सेकेन्डमा दुरी पार गर्दै प्रथम भइन् । १५.६० सेकेन्डमा दुरी पार गर्दै टप्सकी इयामी गुरुङ द्वितीय र १५.६५ सेकेन्डमा पार गर्दै जेसिएकी समीक्षा भट्टराई तृतीय भइन् ।

Advertisement

छात्रतर्फ १०० मिटर दौडमा १२.५४ सेकेन्डमा दुरी पार गर्दै मेरीगोल्डका बिजु गुरुङ प्रथम भएका छन् । भाष्कर मेमोरियलका निर्दोष सुवेदी १२.६० सेकेन्ड र टप्सका आशीष राना १२.६२ सेकेन्डमा दुरी पार गर्दै क्रमश दोस्रो र तेस्रो भए ।

हाइजम्प छात्रतर्फ हार्वड एकेडेमीका सुमित गुरुङ प्रथम, बेथानीका मेहमद हुसेन द्वितीय र ग्लोबलका सुरज गुरुङ तेस्रो भएका छन् । यस्तै छात्रातर्फको हाइजम्पमा टप्सकी सबिना खातुन मिया प्रथम, गोल्डेन नेचरका आरती खाँड ठकुरी द्वितीय र ग्लोबल कलेजियटकी सदीक्षा तिमिल्सिना र ढुंगेसाँघु बोर्डिङकी सहारा लामगादेले तृतीय स्थान हासिल गरे ।

Advertisement

भलिबल
भलिबल छात्रतर्फ सम्पन्न खेलमा लिटिल स्टेपले चिरगादीलाई २५–२१ र २५–१७ ले, ताराकुञ्जले हार्वडलाई १६–२५, २५–१८ र २७–२५ ले, सृजनाले कञ्चनजंघा एकेडेमीलाई २५–३ र २५–२३ ले र धौलागिरीले अल्फाले २५–२३, २१–२५ र २५–२३ ले पराजित गरेका छन् ।

छात्रतर्फ नै भएको अन्य खेलमा डायमन्डले कञ्चनजंघा बोर्डिङलाई २५–११ र २५–२१ ले, रेन्बो एकेडेमीले एक्स आर्मीलाई २६–२४ र २५–१२ ले, सबलाइमलाई लिटिल ड्याफोडिललाई २५–१७, २०–२५ र २५–१९ ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको भलिबलका संयोजक विश्व बास्तोलाले बताएका छन् ।

बालबालिकाको शिक्षामा थप उत्प्रेरणा जगाउन तथा राष्ट्रका लागि खेलाडी उत्पादन गर्न उद्देश्यले आयोजित प्याबसन स्पोर्टसमा ९६ विद्यालयका ५ हजार १ सय विद्यार्थीले विभिन्न खेलकुद इभेन्टमा सहभागिता जनाएको कास्की प्याब्सनका अध्यक्ष प्रेम शर्माले जानकारी दिए ।

प्रतियोगितामा फुटबल सिनियरतर्फ ६९ टिम, जुनियर तर्फ ५२ र सिनियर छात्रा भलिबलतर्फ १७ टिम छात्रतर्फ २४ र टेबुल टेनिसमा छात्र–छात्रा गरी ३९ विद्यालयको सहभागिता छ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख लाग्ने प्याब्सन कास्कीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया