नाइट क्लब काण्डमा परेका चारै खेलाडीको सजाय घट्यो, लिग खेल्न पाउने

समाधान संवाददाता २०७६ पुष ८ गते १६:३३

समाधान संवाददाता, काठमाडाैं

नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू विमल घर्तीमतगरसहित चारै खेलाडीको सजाय घटेको छ। 

विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जानु अघिल्लो दिन नाइट क्लबमा गएपछि एन्फाले विमल, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको थियो । विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन गर्नुका साथै ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

Advertisement

अनुशासन समितिले चारै खेलाडीको निलम्बन मंसिर २७ बाट लागू हुने बताएको थियो । तर चार खेलाडीले निलम्बन घटाउन निवेदन दिए । त्यसमा सुनुवाई गर्दै पुनरावलोकन समितिले नाइट क्लब गएको भोलिपल्ट कात्तिक ३० बाटै निलम्बन लागू हुने निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

यो निर्णयसँगै अन्जन र सन्तोषको निलम्बन पुस १५ बाट फुकुवा हुनेछ भने विमल र दिनेशको माघको ३० गते । त्यसपछि लिग खेल्ने बाटो खुल्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया