माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस सुरु

समाधान संवाददाता २०७६ पुष ११ गते १४:५३

समाधान संवाददाता
पोखरा

पोखरामा १७ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिता उद्घाटनका दिन मेन्स सिंगलतर्फ भएको खेलमा प्रणव खनालले तारामान गुरुङलाई ६–०, ६–० ले, संरक्षक भु्रण बज्राचार्यले निसान श्रेष्ठलाई ६–०, ६–० ले, नीरज गुरुङले समीर क्षेत्रीलाई ६–०, ६–४ ले, राजेन्द्र महर्जनले भीष्म काउछालाई ६–४, ६–४ ले, अनील शाहीले सुदर्शन सिग्देललाई ६–२, ६–३ ले पराजित गरेका छन् ।

३५ वर्ष माथिको एकलतर्फ नवीन श्रेष्ठले केवी लामालाई ६–३, ६–३ ले, सञ्जय श्रेष्ठले अनीलकुमार गुरुङलाई ६–१, ६–० ले, लक्ष्मण लामाले सोम रानालाई ४–६, ६–० र सुपरटाइमा १०–७ ले, विकास गुरुङले अमितसिंह गुरुङलाई ६–०, ६–२ ले, राजन पौडेलले विरेन्द्र लामालाई ४–६, ६–० र सुपरटाईमा १०–८ ले पराजित गरे ।

Advertisement

४५ वर्ष माथिको एकलमा गोपीबहादुर भट्टराईले विष्णुप्रसाद चापागाई लाई ६–२, ६–१ ले, अनुज बास्तोलाले हुम आलेलाई ६–४, ६–२ ले, राजु गुरुङ युकेले धरम कोइरालालाई ६–३, ७–५ ले पराजित गरेका छन् । विकास गुरुङले विष्णु थापालाई ६–०, ६–१ ले, नारायण पहारीले उत्तम बोगटीलाई ७–६, ७–४, ३–६ र सुपरटाईमा १०–५ ले पराजित गरे । त्यस्तै चन्द्र शाहीले मुनेष थापालाई ६–०, ६–२ ले, धरमसिंह लामिछानेले बालकृष्ण गुरुङलाई ६–२, ६–१ ले पराजित गरे ।

३५ वर्ष माथिको डबल्समा सञ्जय श्रेष्ठ र अनील सेन्चुरीको जोडीले सोम राना र विष्णुप्रसाद चापागाई को जोडीलाई, ४५ वर्ष माथि दोर्जे लामा र अनु जोनको जोडीले पदम गुरुङ र लोकबहादुर गुरुङको जोडीलाई ६–०, ६–३ ले तथा ५५ वर्ष माथिको डबल्समा प्रदीप शाह र राम रानाले सञ्जय श्रेष्ठ र कर्ण तामाङलाई पराजित गरेका छन् ।

Advertisement

५५ वर्ष माथिको एकलमा कर्ण तामाङले सुरेन्द्र माकाजुलाई ६–२, ६–० ले, राजकुमार गुरुङले अब्दुल समादलाई ६–३, ६–१ ले तथा स्मिथ वाल्टरले डियोनम लामालाई ६–१, ६–० ले पराजित गरे ।

यसअघि गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले प्रतियोगिता निर्देशक कुमार अधिकारीलाई टेनिस बल हस्तान्तरण गर्दे प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै सांसद थापाले गण्डकी प्रदेश सरकारले पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको बताए । उनले पोखरामा खेल पर्यटनको विकासमा टेनिसले महत्वपूर्ण योगदान दिएको उल्लेख गरे । संघले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताले स्वस्थ्य नागरिक उत्पादनसँगै चिनारीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रममा टेनिसका अग्रज खेलाडी अशोक पालिखेले पोखरामा टेनिसको सुरुआतका दिनको स्मरण गरेका थिए । नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस विकास क्रमका बारेमा प्रकाश पारेका थिए । उद्घाटन समारोहमा १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका नेपाली टेनिस खेलाडीलाई सम्मान गरिएको थियो ।

प्रतियोगितामा मेन्स सिंगल, डबल्स, उमन्स सिंगल डबल्स तथा ३५, ४५, ५५ र ६५ वर्ष माथि मेन्स सिंगल र डबल्सगरि विभिन्न १२ इभेण्टमा प्रतिस्पर्धा हुनेछ । संघ कास्कीका सचिव नवीन चालिसेले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष लोक गुरुङले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया