‘सलनाल डान्स पार्टी’मा विनाेद बानिया

समाधान संवाददाता २०७६ पुष २१ गते १३:१२

समाधान संवाददाता, पाेखरा

मुस्ताङ परिवार दक्षिण कोरियाले आयोजना गर्ने डान्स पार्टीमा गायक विनोद बानियाले भाग लिने भएका छन् । कोरियाको राजधानी सउलस्थित जनवरी २४ मा ‘सलनाल डान्स पार्टी’ आयोजना गर्ने बोम्जन गुरुङले जानकारी दिए । पार्टीमा गायक बानिया, डिजे नानी सुस्मिता महर्जन, डिजे सि मनले भाग लिने छन् ।

मुस्ताङ जिल्लास्थित दुर्गम भेगमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगार्थ ‘सलनाल डान्स पार्टी’ आयोजना गर्न लागिएको मुस्ताङ परिवार कोरियाका अध्यक्ष छिरिङ गुरुङले जानकारी दिए । सन् २००१ मा स्थापित संस्थाले विभिन्न संस्थासँग सहकार्य र हातेमालो गर्दै आइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया