मुख्यमन्त्री कपः कास्की र स्याङ्जा समूह विजेता

समाधान संवाददाता २०७६ माघ १३ गते १३:४७

समाधान संवाददाता
पोखरा

लेखनाथको भण्डारढिकमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबलमा समूह ‘ए’ बाट कास्की र बिबाट स्याङ्जा समूह विजेता बनेका छन् । समूह ‘ए’ मा कास्कीले सबै ३ खेलमा नै जित हात पारेको छ । कास्की ९ अंकका साथ समूह विजेता बन्दा समान खेल खेलेको लमजुङ पनि उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।

समूह ‘बि’ बाट स्याङ्जा समूह विजेता बन्यो । लिगमा ४ खेल खेलेको स्याङ्जा गोलको आधारमा समूह विजेता बनेको हो । तनहुँ उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । आइतबार भएको समूह ‘बि’ अन्तर्गतको खेलमा म्याग्दीले बागलुङमाथि ४–० को फराकिलो जित हात पारेको छ ।

Advertisement

म्याग्दीका लागि निशान गुरुङले २ गोल गरे । खेलको २१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका निशानले ३० औं मिनेटमा दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले अग्रता लिएको म्याग्दीले दोस्रो हाफको सुरूआतमै १ गोल गर्दै टिमको जित निश्चित ग¥यो । म्याग्दीका लागि विश्वास थापाले खेलको ५८ मा थप १ गोल गर्दै टिमको अग्रता फराकिलो बनाए । म्याग्दीसँग बागलुङ निरीह देखियो । बागलुङ आफ्नो १ खेलअगावै बाहिरिएको थियो ।

समूह ‘ए’ को प्रतिस्पर्धात्मक खेलमा मनाङ र गोरखाले १–१ को बराबरी खेले । मनाङका लागि सुमन गुरुङले ७६ औं मिनेटमा गोल गरे । गोरखाका लागि सुदीप लामाले खेलको ७६ औ मिनेटमा गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुबै टिमले पाएका अवसरको सदुपयोग गर्न सकेनन् ।

Advertisement

समूह ‘बि’कै अर्को खेलमा स्याङ्जाले तनहुँलाई निकै दबाबमा राख्यो । स्याङ्जाले बारम्बार अवसर सिर्जना गरे पनि तनहुँका गोलरक्षक बाधक बने । तनहुँका लागि निकै उत्कृष्ट खेल प्रदर्शन गरेका तनहुँका गोलरक्षकले स्याङ्जालाइ रोक्न सकेनन् । स्याङ्जाका लागि खेलको २१ औं मिनेटमा सरोजकुमार क्षेत्रीले गोल गर्दै अग्रता दिलाए । खेलमा सरोजको गोल निर्णायक बन्यो । पहिलो हाफमा १ गोलले पछि परेको तनहुँले दोस्रो हाफमा गोल गर्ने प्रयास गरे पनि खेलमा फर्कन सकेन ।

तपाईको प्रतिक्रिया