चीनलाई नरुचाउनेले कोरनाबारे गलत प्रचार गरेः प्रचण्ड

समाधान संवाददाता २०७६ माघ २३ गते १२:५५
kf]v/f, @@ df3 M cWoIf bfxfn g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf cWoIf k'iksdn bfxfn …k|r08Ú k|]; ;+u7g sf:sLåf/f a'waf/ kf]v/fdf cfof]lht kqsf/ ;Dd]ngdf dGtJo JoQm ub}{ . t:jL/M xl/ afF:tf]nf÷/f;;

समाधान संवाददाता
पोखरा

चीनका बुहानबाट फैलिएको कोरना भाइरसबारे अनावश्यक बढी प्रचार गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् । प्रचण्डले यथार्थभन्दा बढी अनैतिक हिसाबले गलत प्रचार भइरहेको बताएका हुन् ।

भ्रमण वर्षको सुरुआतमै दाँतमा ढुंगा लागेजस्तो भएको बताउँदै प्रचण्डले नेपाल त्रसित हुनुपर्ने अवस्था नरहेको बताए । उनले सतर्कमात्र रहे पुग्ने उल्लेख गरे । ‘कोराना भाइरस अत्यन्त छिटो फैलिएको र मान्छेको मृत्यु भएको समाचार आएपछि यसको असर विश्वव्यापी रुपमै परेको छ,’ पोखरामा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले भने, ‘हाम्रा निम्ति खुसीको कुरा के भने नेपालमा एउटा पनि कोरना भाइरसबाट संक्रमित भएको मान्छे छैन ।’

Advertisement

सन् २००८ मा अमेरिका लगायत देशमा महामारी फैलिँदा चीनले सघाएको तर अहिले चीनलाई सघाउने कामभन्दा बढी अनावश्यक प्रचार भएको आरोप दाहालले लगाए । शक्ति राष्ट्रले के कुरालाई राजनीतिक रुप दिने वा नदिने भन्नेबारेमा सचेत भएर अघि बढ्नुपर्ने पनि उनको भनाइ थियो ।

चीनमा भएका नेपालीलाई फिर्ता ल्याउने काम सरकारबाट पनि भइरहेको उनको भनाइ थियो । चीनलाई नरुचाउने शक्तिले बढी प्रचार गरेर त्रसित गराउने काम गरेको उनको तर्क थियो । ‘मैले हिजो यस्तो तर्कमात्र गरेको थिएँ । चीन सरकारले वक्तव्य नै निकालेर पश्चिमा शक्तिले अनावश्यक प्रचार गरेर अनैतिक काम गरी गलत ढंगले बढी प्रचार गरायो, चीनले भनेको छ ।’

Advertisement

केन्द्रीय बैठकले अन्तरघुलन गरायो
प्रचण्डले केन्द्रीय समितिको बैठकले भावनात्मक अन्तरघुलन गराएको बताए । ४ सय ५० जना केन्द्रीय सदस्यमा सबैले सबैलाई चिन्ने अवस्था पनि नरहेका बेला छलफलले राम्रो अन्तरघुलन र भावनात्मक एकताको आधार तयार भएको उनको भनाइ थियो । ‘५ दिनसम्म बैठक बसेर सर्वसम्मत रुपमा निष्कर्ष निकालियो,’ प्रचण्डले भने, ‘सबै विषयमा सर्वसम्मत निर्णय आउनु धेरै नै सकारात्मक परिघटना हो ।’

राष्ट्रिय सभाको निर्वाचन भएपछि पार्टी एक्लै २ तिहाइ बहुमतमा पुगेको प्रचण्डले बताए । ‘पहिले भन्थ्यौं, २ तिहाइ नजिकै । अर्को कुनै पार्टी सामेल भएपछि २ तिहाइ भयो,’ प्रचण्डले भने, ‘अब कोही सामेल नभए पनि २ तिहाइ पुग्यौं । प्रतिपक्षका लागि पनि खुसीको कुरा हो ।’

जनतासँग जोडिएर पार्टीलाई जीवन्त बनाउन ३ महिनासम्म अभियान सञ्चालन गर्न लागेको उनले बताए । ‘३ महिनाको अभियान पारित भएको छ । त्यही अभियान लिएर सरकार र जनताबीचको सम्बन्ध जोड्ने गरी जाँदै छौं,’ प्रचण्डले भने, ‘पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा पनि र सरकारलाई प्रभावकारी बनाउन र सरकारका मान्छेले कमीकमजोरी गरे भने उनीहरुलाई नियन्त्रण र नियमन गर्न पनि पार्टीले पहल कदमी लिन्छ ।’

स्थानीय, प्रदेश र संघमा सरकार सञ्चालन संयन्त्र बनाउने निर्णयमा पुगेको उनको भनाइ थियो । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अब पार्टीको नेतृत्वमै सरकार चल्ने भनेर अर्का अध्यक्ष केपी शर्मा ओलीले पनि भनेको बताए ।

सरकार र पार्टीबीच कतै असमझदारी छ कि भन्ने भ्रम पनि केन्द्रीय समितिको बैठकले अन्त्य गरिदिएको उनको तर्क थियो ।

‘एमसिसीबारे जे चर्चा र छलफल भइराखेको छ, केन्द्रीय समितिको बैठकमा पनि प्रत्येक समूहमा छलफल चल्यो,’ उनले भने, ‘सबैको कुरा के थियो भने यो विषय हामीले पनि राम्रोसँग बुझ्नुप¥यो र जनतालाई पनि बुझाउनु पर्‍यो ।’

कुनै पदसँग साटेर एमसिसी पारित हुन्न
राजनीतिक र जनताको दुवै तहमा छलफल भइरहेको एमसिसीका विषयमा जनतालाई बुझाउन अध्ययन कार्यदल गठन भएको बताए । ठाडै अस्वीकृत र समर्थनभन्दा पनि जनतालाई बुझाउनुपर्‍यो भन्ने केन्द्रीय समितिको बैठकमा पनि आवाज उठेकाले राष्ट्रको हितमा हुने गरी एससिसी पारित हुने उनको भनाइ थियो ।

‘छोटो समय दिएर सबैले बुझ्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न झलनाथ खनालको नेतृत्वमा काम अगाडि बढिसकेको छ । १० दिनभित्र प्रतिवेदन आइसकेपछि जे ल्यायो त्यही पास हुन्छ भन्ने होइन,’ उनले भने, ‘अध्ययन कार्यदलले सचिवालयमा पेस गरेपछि पार्टीले निर्णय गर्नेछ । जे ल्याए पनि त्यसैलाई मान्यता दिने काम हुँदैन । त्यसलाई आधार बनाएर अघि बढ्छ ।’

पहिले एमसिसी ठीक छैन भनेर आवाज उठाउने प्रचण्डले सभामुख पद पाएपछि बोल्न छाडेकोबारे पत्रकारले उठाएको प्रश्नमा उनले कुनै पदसँग यो विषय नसाटिएको बताए । राष्ट्रको हितमा कसरी बनाउन सकिन्छ भनेर छलफल गर्ने भनिएको बताउँदै प्रचण्डले कुनै पदसँग साटिएको भनेर बुझ्नु गलत हुने उनको जिकिर थियो ।

बाँसुरीबारे अर्को अर्थ लगाए दुख हुन्छ
बालुवाटारमा प्रधानमन्त्री बाँसुरी र माधव नेपाल तथा झलनाथ खनाल सारंगीमा देखिएपछि विभिन्न टीका टिप्पणी भए । नेकपा अध्यक्ष प्रचण्ड पोखरा हिँडेकै दिन यस्तो कार्यक्रम हुनुलाई प्रचण्डले प्रष्ट्याए । प्रधानमन्त्रीले कार्यक्रममा बाँसुरी बजाउनु संयोगमात्र भएको उनले बताए ।

‘हिजो बिहान म बालुवाटारमा थिएँ । प्रधानमन्त्रीले तपाईँ बस्नैपर्‍यो भन्नुभयो । मैले त पोखरा जाने कार्यक्रम बनाइसकेँ, बस्न नसक्ने भएँ भने । उहाँले तपाईँ आउनै पथ्र्यो, मैले विशेष ढंगले सोच्याथेँ भन्नुभएको थियो,’ प्रचण्डले भने, ‘त्यसैले यो संयोगबाहेक केही होइन, अर्को कुनै अर्थ नखोज्नुहोला, दुख हुन्छ ।’

सीमा विवाद छैन
सीमा विवादमा कुनै पनि समस्या नरहेको प्रचण्डले बताएका छन् । सीमा रक्षाका विषयमा सिंगो राष्ट्र १ ठाउँमा रहेको प्रचण्डको भनाइ थियो । ‘सरकारका तर्फबाट डिप्लोम्याटिक पत्र पठाइएको छ । यो नेपालको इतिहासमै पहिलोपटक भएको छ । भारततर्फबाट पनि वार्ता गर्न तयार छौं भनिरहेका छन्,’ प्रचण्डले भने, ‘त्यसैले सीमाका विषयमा कुनै समस्या छैन । यो हल हुन्छ ।’

तपाईको प्रतिक्रिया