भीम माविले जित्यो रनिङ सिल्ड

समाधान संवाददाता २०७६ माघ २६ गते १३:०६

राकेश शर्मा
म्याग्दी

मालिका गाउँपालिका ६ दरबाङमा भएको अन्तरमावि स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भीम माविले जितेको छ । गतवर्षको जितलाई निरन्तरता दिँदै भीमले १३ स्वर्ण, ४ रजत र ४ कास्य हात पार्दै उपाधि जितेको हो । ७ स्वर्ण, १० रजत र ५ कास्यसहित किसानी मावि विम द्वितीय भएको छ । ३ स्वर्ण, ५ रजत र ७ कास्य जितेको जनप्रिय मावि तृतीय भएको गाउँपालिका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले बताए । विजेता भीम माविले रनिङ सिल्ड, ५५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता किसानी माविले ४० रुपैयाँ तथा तेस्रो भएको जनप्रिय माविले २५ हजार रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

११ विद्यालय सहभागी उक्त प्रतियोगितामा दरबाङ इंगलिस बोर्डिङ स्कुलले ३ स्वर्ण, २ रजत र १ कास्य, केबी एकेडेमी बोर्डिङ स्कुलले २ स्वर्ण, २ रजत र ४ कास्य, ओखरबोट माविले ३ रजत, सिद्धार्थ माविले १ स्वर्ण र २ कास्य, अमरज्योति माविले १ स्वर्ण र २ कास्य, निस्कोट माविले १ कास्य, राष्ट्रिय माविले २ रजत र २ कास्य तथा गौबमबस्त माविले ३ रजत २ कास्य जितेका छन् । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरु जिल्लास्तरीय प्रतियोगिातमा सहभागी हुनेछन् ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया