बलात्कार मुद्दामा महराले पाए सफाइ

समाधान संवाददाता २०७६ फागुन ५ गते १५:२०

समाधान संवाददाता, काठमाडाैं

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई निर्दोष ठहर गरी सफाइ दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो।

Advertisement

फैसलापछि महरा काठमाडौं जिल्ला अदालतबाट बाहिरिएका छन्। उनले सञ्चारकर्मीहरुलाई कुनै प्रतिक्रिया दिएनन्। महरालाई रिहाइको प्रक्रिया पूरा गर्न कारागारतर्फ लगिएको हो ।

उनलाई नेकपा कार्यकर्ताहरुले डिल्लीबजार कारागार बाहिर स्वागतको तयारी गरेका छन् ।

Advertisement


तपाईको प्रतिक्रिया