सुनको मूल्यमा कीर्तिमान, कट्यो ७७ हजार

समाधान संवाददाता २०७६ फागुन ७ गते १२:३२

समाधान संवाददाता, काठमाडाैं

नेपाली बजारमा सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ। बुधबार छापावाला सुनको मूल्यले ७७ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

Advertisement

त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँमा पुगेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

Advertisement

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको सुन बुधबार बढेर प्रतिऔंस १६ सय ३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय मिडियाहरूले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन्। नेपाली सुनचाँदी व्यवसायी महासंघले पनि सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।


तपाईको प्रतिक्रिया