चलचित्र पत्रकार संघ कोषाध्यक्षमा अर्पण मनोनित

समाधान संवाददाता
पोखरा
चलचित्र पत्रकार संघ कास्कीको रिक्त कोषाध्यक्षमा अपर्ण तिवारी मनोनित भएका छन् । बुधबार बसेको संघको पहिलो बैठकले तिवारीलाई चयन गरेको हो । तिवारी बिग एफएममा आबद्ध छन् ।
चलचित्र पत्रकार संघ कास्कीको चौथो अधिवेशनमा उनी कार्यसमिति सदस्य निर्वाचित भएका थिए । संघका अध्यक्ष अरुण गिरीले तिवारीलाई कोषाध्यक्षमा चयन गरिएको जानकारी दिए । संघको सल्लाहकारमा पोखरा फिल्म सोसाइटी अध्यक्ष जितेश प्रधान, पत्रकार राजाराम पौडेल र मिडटाउन ग्यालरी सञ्चालक उत्तम द्वा मनोनयन भएका छन् ।
संघले आगामी दिनमा पुराना कार्यक्रमको निरन्तरतासँगै पोखरामा चलचित्रसम्बन्धी नयाँ गतिविधि गर्ने जनाएको छ । ‘हामी छिट्टै नै चलचित्र पत्रकारिता पुरस्कार स्थापना गर्दै छौ’, उनले भने, ‘पुरस्कारबाट पोखरा लगायत गण्डकी प्रदेशका पत्रकारलाई रंगपत्रकारितामा प्रोत्साहन मिल्नेछ ।’
यसका लागि आवश्यक लबिङ भइरहेको उनले बताए । संघले आगामी दिनमा नेपाली चलचित्रसँगै पोखरामा निर्माण हुने भाषाभाषीका चलचित्रसम्बन्धी गतिविधिमा समेत सहकार्य भएको छ । गण्डकी प्रदेशका नयाँ रमणीय पर्यटकीय स्थलको भ्रमण गरी सुटिङ स्थलका रुपमा प्रचारप्रसार गर्न चलचित्र पत्रकार संघले टेवा पु¥याउने उनले सुनाए ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया