राष्ट्रिय सभागृहमा प्रचण्डलाई जुत्ता प्रहार गर्ने तिरुवामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

समाधान संवाददाता २०७६ फागुन १९ गते १२:४९

समाधान संवाददाता, काठमाडाैं

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्नेमाथि अनुसन्धान गर्न तीन सदस्यीय छानबिन समिति गठन भएको छ।

जुम्लाका रतन तिरुवामाथि अनुसन्धान गर्न महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो।

Advertisement

यस समितिमा महानगरीय प्रहरी परिसरका डिएसपी होवीन्द्र बोगटी र सिंहदरबार वृत्तबाट इन्स्पेक्टर युवराज तिमल्सिना रहेको महाशाखाका प्रमुख एसएसपी थापाले जानकारी दिए।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी स्मृति फाउण्डेसनको प्रथम स्मृति सभा सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

Advertisement

उनलाई तत्कालै पक्राउ गरिएको थियो । उनीविरूद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी भइरहको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया