प्रदेश स्तरीय ब्याडमिन्टन सकियो

समाधान संवाददाता २०७६ फागुन २७ गते १२:३५

रामशरण नेपाली
लेखनाथ

लेकसिटी ब्याडमिन्टन क्लबले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सोमबार सकिएको छ । प्रतियोगिताको भेट्रान्स ५० माथिको समूहतर्फ कास्कीबाट विशाल हिराचन र विशाल गुरुङको जोडीले कास्कीकै मीन गुरुङ र होम गुरुङको जोडीलाई २१–१२ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको छ ।

मास्टर डबल्सतर्फ उपाधिका लागि भएको प्रतिष्पर्धामा कास्कीका धनवीर आले र राजेन्द्र गुरुङको जोडीले नवलपुरको बुद्धि चौधरी र पुष्प श्रेष्ठको जोडीलाई २१–१५, १७–२१ र २१–१२ ले पराजित गरेको छ । वुमेन्स डबल्सतर्फ कास्कीकै यामु गुरुङ र प्रतिमा गुरुङको जोडीले आकृति केसी र अन्तरन राना कास्कीको जोडीलाई २१–९ र २१–१० को सोझो सेटमा हराएको छ ।

Advertisement

भेट्रान्स ५० माथिको समूहतर्फ विजयी टिमले नगद २० हजार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद १२ हजार, सिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । मास्टर डबल्समा विजेता र उपविजेताले क्रमश नगद २५ र १५ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । वुमेन्स डबल्सतर्फ विजेता र उपविजेताले क्रमश नगद २० र १२ हजारका साथमा सिल्ड, मेडल र प्रमाणपत्र पाए ।

कार्यक्रममा गण्डकी विकास बैंकका कार्यकारी अधिकृत रेशमबहादुर थापाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकास गर्ने उल्लेख गरे । लेकसिटी ब्याडमिन्टन क्लब अध्यक्ष हरिबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामबहादुर गुरुङले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया