एकैदिन २ हजारले घट्यो सुनको मूल्य

समाधान संवाददाता २०७६ चैत ४ गते १२:१७

समाधान संवाददाता, काठमाडाैं

मंगलबार एकैदिन सुनको मूल्य २ हजारले घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ हजारले घटेर ७५ हजार पुगेको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदीको मूल्य पनि घटेको छ।

Advertisement

सोमबार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement

तपाईको प्रतिक्रिया