लक्ष्मी ग्रुपले कोरोना उपचार कोषमा १ करोड सहयोग गर्ने

समाधान संवाददाता २०७६ चैत १२ गते १६:४३

समाधान स‌ंवाददाता

पाेखरा


Advertisement

लक्ष्मी ग्रुपले नेपाल सरकारबाट स्थापति र सञ्चालित विशेष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष मा १ करोड को आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमण भयाभह रुप लिँदै गएको अवस्थामा नेपालमा पनि कोरोना भाइरसको खतरा बढ्दै गएको अवस्थामा नेपाल सरकारद्वारा स्थापित उक्त कोषमा जम्मा भएको रकम कोरोना भाइरसको संक्रमण नियन्त्रण र प्रभावितहरुको उपचारका लागि उपयोग गर्ने ग्रपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ

Advertisement

ग्रुपले देशका विभिन्न सार्वजनिक अस्पातलहरुमा कोरोना भाइरसको प्रारम्भिक स्क्रीनिंग को लागि फिभर क्लिनिक स्थापना गर्ने पहल थालेको छ । यस्ता क्लिनिकको स्थापनाको लागि लक्ष्मी ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने भएको छ । उक्त कार्यमा हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा कार्य गर्नेछ ।

क्लिनिक मार्फत निम्न अवस्था रहेका सर्वसाधारणहरुलाई सेवाहरु प्रदान गर्नेछ ।
_ जो पछिल्ला १४ दिनमा विदेशमा रहेका थिए ।
_ जो कोविड १९ संक्रमित मानिसको सम्पर्कमा आएको हुन सक्ने ।
_ जसमा सम्भावित लक्षणहरु जस्तै ज्वरो वा ज्वरो बिना रुघा, खोकी देखाएको छ ।
_ जो संक्रमित भए भनेर चिन्तित छन् तर कुनै पनि प्रकारको लक्षण देखिएको छैन ।
_ परामर्श लिन वा विश्वस्त हुन चाहने अन्य रोगीहरूका लागि ।

यस्ता किलनिक को मुल उद्देश्य कोरोना भाइरसका सम्भावित लक्षण देखिएका बिरामीहरुलाई अस्पतालको आपतकालीन विभाग वा संक्रमण नियन्त्रण केन्द्रमा सिधै नपठाई किलनिक मार्फत कोरोना भाइरस संक्रमणको सम्भावना भए नभएको प्रारिम्भक जाँच गर्ने गर्दछ । जसले गर्दा अस्पतालका आपतकालिन बिभाग वा संक्रमण रोकथाम विभागका स्रोतसाधनहरुलाई संक्रमित भएकाहरुको उपचारमा मात्र केद्रित हुन मद्दत गर्दछ ।

अन्य देशहरूमा पनि यस्ता ज्वरोको स्क्रीनिङ क्लिनिकहरुले अस्पतालका आपतकालीन कोठाहरुमा वास्तविक रुपमा दबाब कम गर्न मद्दत पुर्याएको छ र त्यसैले यसले कोविड् १९ को व्यवस्थापन र रोक्थाममा महत्वपूर्ण भूमिका खेलेको छ ।


लक्ष्मी ग्रुपले सधैें यस्ता परोपकारी उद्देश्यहरुलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आइरहेका छ । ग्रुपका केहि उल्लेखनीय सहयोगमा २०१५ को महाभूकम्पमा नेपाल रेड क्रसलाई सहयोग, ललितपुरमा सेरेब्रल पाल्सी सेन्टर, श्री चन्द्रोदय आधारभूमि विद्यालय, गोरखा को पुनर्निर्माण, विन्ध्यवासिनी मन्दिर, पोखरामा लिफ्ट निर्माण र अन्य विभिन्न कार्यहरुमा रहेका छन् ।

हाल नेपालमा हाल आएको कठिन परिस्थितिलाई संम्यमताका साथ सामना गर्नका साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पुर्ण नेपालीलाई आफनो आफनो क्षेत्रबाट सहयोग गर्न लक्ष्मी ग्रुपले अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया