घर भित्रै बस्न सांसद विद्याको आग्रह्र

समाधान संवाददाता २०७६ चैत १७ गते १२:२४

समाधान संवाददाता

कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीले कोरोना भाइरसको महामारीबाट जोगिन घरै भित्र बस्न आग्रह गरेकी छन् । सरकारले भर्खरै घोषणा गरेको राहतको प्याकेजको प्रर्शसा गर्दै सरकार जनताको साथमा रहेको बताएकी छन ।

कास्की निर्बाचन क्षेत्र नम्बर २ का जनताको नामम हार्दिक अपिल प्रकाशन गरी सांसद विद्याले यो कठिन परिस्थितिमा पनि जनताले धैर्यता प्रदर्शन गरेकोमा कृतज्ञता प्रकट गरेकी छन ।
सांसद विद्या भट्टाई अधिकारीको अपिलको पूर्णपाठ ।

Advertisement

हार्दिक अपिल ।

चीनलाई उत्पत्तिस्थल बनाएर एकपछि अर्को गर्दै विश्वभर नै महामारीका रूपमा फैलिरहेको कोरोना भाईरसले हामी सबैलाई निकै त्रसित र भयभित बनाएको छ । संक्रमण फैलिन नसकोस भन्ने उद्धेश्यका साथ लकडाउनको समय अवधि थप गरिएको छ ।

Advertisement

लकडाउन समय अवधिमा जिवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं २ का सम्पुर्ण आदरणीय आमाबुबा, दिदिबहिनी दाजुभाइहरुकोको धैर्यताप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यो असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएका कारण यसलाई पूर्ण रुपमा पालना गर्नहुनका लागि पनिघ हार्दिक अनुरोध गर्दछु । अहिलेसम्म नेपालमा ५ जना व्यक्तिमा कोरनाको संक्रमण देखिएको छ । जसमा एक व्यक्ति उपचार पश्चात् निको भई नियमित काममा फर्कनु भएको छ भने चार जना उपचार गराईरहनु भएको छ ।

यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान ब्यक्त गर्दछु । उहाँहरूको आत्मबल बढाउनका लागि बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णय प्रति हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु । नेपाल सरकारले लकडाउनको समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेको छ यसले विपन्न समुदाय दैनिक ज्यालादारी श्रमिकहरुलाई राहतको महसुस गराएको छ । यो संकटको अवस्थामा निरन्तर आफ्नो कार्यक्षेत्रमा कृयाशिल, सुरक्षाकर्मीहरू, सूचना संप्रेषण गरिरहनु भएका सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक सम्मान ब्यक्त गर्दछु ।

विदेशबाट फर्किएर आउनु भएका सम्पूर्ण ब्यक्तित्वहरुलाई सुरक्षित रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन अनुरोध गर्दछु । ब्यक्ति आफु सुरक्षित रहन सकेमा संक्रमणको जोखिममा कमि हुनेछ भन्ने सवालमा हामी सबैको होशियारी आवश्यक हुन्छ । तीनै तहका सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारका सवालमा गरेका प्रयासहरू सकारात्मक छन् । आज हामी सबैको सामु यो विषम परिस्थिति उत्पन्न भएको छ र म यहाँहरूको साथमा रहिरहने छु भन्ने विश्वास यहाँहरु समक्ष जाहेर गर्न चाहन्छु । मैले यहाँहरूको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसंग समन्वयकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दछु ।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पूर्ण रूपमा पालना गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछु । यो कोरोना भाइरसको महामारीबाट बच्न अत्यावश्यक काम बाहेक घर भित्रै बसेर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।

विद्या भट्टराई
प्रतिनिधि सभा सदस्य,
कास्की क्षेत्र नं। २

तपाईको प्रतिक्रिया