कोरोना उपचार कोषमा सेलवेजको २५ लाख

समाधान संवाददाता २०७६ चैत १८ गते १६:४१

समाधान संवाददाता

पोखरेली व्यवसायी सुशिलमान प्रधानाङ्गले कोरोनो भाइरसको उपचार कोषमा २५ लाख रुपैया सहयोग गर्ने भएका छन । सेलवेज र सेल्सवरी ब्राण्डका सपिङ कम्प्लेक्सका सचालक प्रधानाङ्गले आफ्नो र कम्पनीको तर्फबाट नेपाल सरकारले स्थापना गरेको कोरोना रोकनाथ, नियन्त्रण तथा उपचार कोषमा सो रकम प्रदान गर्ने छन् ।

उनले विहिबार एक विज्ञप्ति जारी गर्दै देशमा परेको यो संकटको घडी सरकारलाई साथ दिनु व्यवसायिक र व्यक्तिगत धर्म भएको समेत बताएका छन् ।

Advertisement

सेलवेजले देशैभर लक डाउन जारी रहेपनि सरकार कै आग्रहमा अत्यावश्यक सामाग्री बिक्री बितरण गरी रहेको छ । साथै लक डाउनका कारण उपभोक्ता पसलसम्म आउन नसक्ने भएकाले माग अनुसार उपभोक्ताको घर घरमै समान डेलिभरी दिने कार्य पनि गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया