चिनमा अब २ हजार संक्रमित बाँकी

एजेन्सी
कोरोना भाइरसको उदगमस्थल चिन अब कोरोना भाइरस मुक्त देश बन्ने क्रममा छ । विश्वका अन्य राष्ट्रमा नगन्य मात्रामा फैलिएको बेलामा चिनमा यो भाइरसत द्रुत गतिमा बढेको थियो । एक अरब ४० करोड जनसंख्या भएको चिनले लक डाउनलाई प्रभावकारी ढंगले सफल बनाएर नियन्त्रणमा लिन सफल भयो ।
चिनमा कोरोना भाइरसबाट ८१ हजार ५४० जना संक्रमित भएका थिए । ती मध्ये ७६ हजार ६२ जना उपचार पछि घर फर्केका छन् भने ३ हजार ३०६ जनाको मृत्यु भएको छ । चिनिया अस्पतालमा अब २ हजार १७२ जना मात्र उपचाररत छन् । नयाँ संक्रमित हुनेको संख्या ज्यादै न्यून ।
अहिले अमेरिका र युरोपमा यो महामारीले विराल रुप लिएको छ । अमेरिकामा करिब एक लाख ९० हजार संक्रमित भएका छन् भने करिब ४ हजारको मृत्यु भैसकेको छ । इटलीमा एक लाख ६ हजार संक्रमित मध्ये १२ हजार ४४३ को ज्यान गएको छ । स्पेनमा पनि संक्रमण र मृत्यु संख्या बढेको छ । झण्डै ७२ हजार ंसंक्रमित हुँदा झण्डै ८ हजारको मृत्यु भएको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया