कोरोनाले ब्याक गियरमा विश्व

समाधान संवाददाता २०७६ चैत २० गते २०:०१

युवराज पौडेल

आज भन्दा करिब तीन महिना अगाडि डिसेम्बरमा चीनको वुहानमा एउटा अचम्मको भाइरसका कारण मान्छे मर्ने क्रम सुरु भयो । चीनमा डिसेम्बरतिर मान्छेहरू भकाभक मर्दै गर्दा बाँकी संसारलाई त्यसप्रति कमै चासो थियो । चीनलाई कोरोनाले च्याप्न थालेपछि विश्व स्वास्थ्य सङ्गठनले यसबारेमा अध्ययन ग¥यो र यो भाइरसको नाम ‘कोरोना’ वा ‘कोभिड–१९’ नामकरण ग¥यो । यो भाइरसले चीन जस्तो शक्तिशाली देशलाई पनि क्षतविक्षत बनायो । समय बित्दै जाँदा यो भाइरस चीनमा मात्र थन्किएर बसेन, विस्तारै यसले विश्वका अन्य देशमा पनि प्रभाव पार्न थाल्यो । चीनपछि यो भाइरसले सबैभन्दा ठूलो आक्रमण इटलीमा ग¥यो ।

इटलीमा हालसम्म दसौ हजारभन्दा बढी मानिसले दर्दनाक मृत्यु वरण गरिसके भने लगभग लाखौंको सङ्ख्यामा मानिसहरू ‘कोभिड–१९’ को सङ्क्रमणमा छन् । इटलीको बेहालत अवस्थाका सम्बन्धमा सामाजिक सञ्जालहरूमा असाध्यै कारुणिक भिडियोहरू प्रसारित भइहँदा त्यसको त्रासदीले विश्व मानव समुदायलाई भयभित बनाइरहेको छ । राम्रो स्वास्थ्य प्रणाली र राम्रो ंउपचार व्यवस्था भएको विकसित मुलुक भएर पनि इटलीले कोरोना विरुद्धको अभियानमा आफूलाई चुस्त बनाउन सकेन । आज इटलीमा डाक्टरको अभाव भइरहेको छ, औषधी र उपकरणहरूको समस्या भएको छ, मानिसहरू गल्ली गल्लीमा लडिरहेका छन् । अस्पतालमा मानिसको उपचार गर्ने ठाउँ छैन, उपचारकै क्रममा थुप्रै डाक्टर र नर्सको मृत्यु भइराखेको छ । इटलीको एसोसिएसन अफ डक्टर्सका अनुसार कोरोनाबाट इटलीमा ६३ जना चिकित्सकहरूको मृत्यु भइसकेको छ, भने करिब ९ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यो विश्वव्यापी महामारीका विरुद्ध सबैभन्दा फन्र्टलाइनमा उभिएर काम गर्ने स्वास्थ्यकर्मीहरु सबैभन्दा बढी जोखिममा छन् ।

Advertisement

इटलीमा भएका लाखौं सङ्क्रमितहरूमध्ये पनि वृद्धहरूलाई उपचार गर्न नसकिने निर्णयमा इटली सरकार पुगिसकेको छ । इटलीपछि ‘कोभिड–१९’ को आक्रमणमा अमेरिका र स्पेन परेका छन् । सङ्क्रमितहरूको संख्या अमेरिकामा निकै उच्च रहेको छ । अमेरिकाको सङ्क्रमण ‘बुलेट ट्र्ेन’ को गतिमा भएको स्वयम् ट्रम्पले स्वीकारेका छन् । विश्वमै सबैभन्दा बढी सङ्क्रमितहरूको संख्या भएको मुलुकका रूपमा रहेको अमेरिकामा एक लाख तीन हजारभन्दा बढीमा सङ्क्रमण भइसकेको छ । हालसम्म पुरै विश्वमा ४० हजारभन्दा बढी मानिसको कोरोनाका कारण मृत्यु भएको छ भने विश्वका २०० भन्दा बढी देशमा कोरोना भाइरस फैलिइसकेको छ । चाहे धनी देश हुन् चाहे गरिब, चाहे ठण्डा हावापानीका देश हुन्, चाहे गर्मी हावापानी भएका मुलुक हुन्, यसले कसैलाई छोडेको छैन ।

हुनतः यो एउटा महामारी हो । यस्ता महामारीहरू विगतमा पनि संसारले बेहोरेकै हो । बितेको दश हजार वर्षमा विफर, दादुरा, ठेउला, झाडापखाला, प्लेग, जण्डिस, एड्स, कुष्ठरोग, मलेरिया, इन्फ्लुएन्जा जस्ता प्राणघातक रोगहरूको महामारीमा कम्तीमा ५० करोड मानिसले जीवन गुमाएको देखिन्छ (देवकोटा, कान्तिपुर) । तर ‘कोभिड–१९’ ले विश्वयुद्धमा समेत नछोएका, प्रभाव नपारेका मुलुकहरूलाई समेत चपेटामा पारेको छ । यसले पूरा विश्वलाई एकैचोटि हल्लाइदिएको छ । विकसितदेखि गरिबसम्म, खाडीदेखि आइसल्यान्डसम्म, सानादेखि ठूलासम्म सबैलाई कोरोनाले चुनौती दिएको छ । भनौं यतिबेला सम्पूर्ण विश्व कोरोना कहरसँग जुधिरहेको छ, विश्वयुद्धभन्दा पनि पेचिलो र जोखिमपूर्ण लडाइँ लडिरहेको छ । यो यस्तो लडाइँ छ, जहाँ बन्दुक पड्कदैनन्, मिसाइल प्रहार हुन्नन्, लड्नका लागि सक्षम कुनै सेनाको फौज छैन । एउटा आँखाले देख्न नसकिने जीवाणुले सारा संसारलाई खर्लप्पै निलिदिएको छ ।

Advertisement

भौतिकतालाई नै सर्वस्व ठान्ने, भौतिक उपलब्धिलाई महान् ठान्नेहरू पनि अस्पतालबाटै ईश्वरको नाममा प्रार्थना गरिरहेको कारुणिक र टीठलाग्दो दृश्य सायद आजसम्म मानव जगतले कहिल्यै देखेको थिएन । भौतिक विकासका दृष्टिले विश्वलाई चकित पार्ने अमेरिकादेखि युरोपसम्मका मानिसहरू एउटा भाइरसको कमाल देखेर तीन छक परेका छन् । हामीलाई ‘विज्ञानले संसारलाई जित्छ’ ‘विज्ञानले नसक्ने केही छैन’ भन्ने पाठ पढाइएको थियो र त्यही स्कुलिङ लगभग समकालीन विश्वका सबैजसो मानिसहरूले प्राप्त गरेका थिए । अमेरिका, चीन, युरोपका देशहरूले हासिल गरेको भौतिक विकास र वैज्ञानिक चमत्कारहरू हेर्दा साँच्चै मानिसले गर्न नसक्ने वा असम्भव केही छैन भन्ने लाग्थ्यो । तर आज कोरोनाको सन्दर्भमा विज्ञान हारेको छ । भौतिकताको शक्ति र सामथ्र्य कोरोना कहरका अगाडि निकै निरीह बनिरहेको छ । प्राणघातक ‘कोभिड–१९’ को न औषधी छ, न खोप नै बनेको छ । सिटामोलका भरमा बस्नुपर्ने र ईश्वरको नाम पुकार्ने बाहेक आज मानिससँग अन्य कुनै उपाय छैन । रोगले अलि बढी च्याप्न थाल्यो भने श्वासप्रश्वासको अप्ठ्यारो हटाउन ‘भेन्टिलेटर’ प्रयोग गर्न सक्ला, तर प्राणघातक भाइरसको खतरनाक आक्रमणलाई रोक्न सक्ने हैसियत आजका दिनसम्म मानिससँग छैन ।

हामीले संसारका स्वर्ग मान्ने अमेरिका, स्पेन, फ्रान्स, चाइना लगायतका देशहरूमा कोरोनाले बनाएको बेहाल अवस्था हेर्दा स्थिति कहालीलाग्दो छ । फेरि भविष्यमा कोरोनाले कुन रूप लिन्छ ? यो लडाइँमा मान्छेले हार्छ कि कोरोना हार्छ, ? कति मान्छे मारेर यो रोकिने होला ? लगायतका प्रश्नहरू आज पनि अनुत्तरित नै छन् । भविष्य यस्तै होला भनेर भन्न सक्ने अवस्था आज कसैसँग छैन । प्रत्येक दिनजसो हजारौं हजार मानिसहरू मरिरहेका छन्, हजारौ सङ्क्रमणमा परिरहेका छन् । विश्वकै एक चौथाई नागरिक अहिले ‘लक डाउन’ मा छन् । विश्वका अरबौ मानिस यतिखेर आप्mनो अनिश्चित भविष्य देखेर कहालिएका छन्, मृत्युको भयले तिनलाई भित्रभित्रै धमिराले झैं खाइरहेको छ । अझ भनौं कोरोना विरुद्धको यो महालडाइँमा लक डाउन, क्वारेन्टाइन, आइसोलेसन र हस्पिटलाइज्डको प्रक्रिया र पद्धतिलाई विश्वभरि प्रयोग गरिएको छ । आजसम्मको स्थितिलाई हेर्दा ‘लक डाउन’ र सङक्रमण भए नभएको ‘कीट परीक्षण’ सबैभन्दा राम्रो तरिका देखिएको छ । इटलीले लक डाउनमा हेलचक्राइँ गर्दा जुन क्षति बेहोर्नुप¥यो, त्यसले विश्वका धेरै देशहरूलाई झस्काएको छ, सचेत बनाएको छ ।

जहाँबाट कोरोनाको उत्पत्ति भयो, त्यहाँ केही क्षतिपछि कोरोना मत्थर भयो तर कोरोनाको सङ्क्रमण केही हप्तामै डढेलोझैं विश्वभर फैलियो । यतिबेलासम्म बेलायती प्रधानमन्त्री, स्पेनकी राजकुमारी, विभिन्न देशका मन्त्रीहरू युएनका कर्मचारीहरू, खेलाडी, चिकित्सक लगायत थुप्रै भीआइपीहरू समेत कोरोनाबाट सङक्रमित भइसकेको स्थिति छ भने कतिपय चर्चित हस्तीहरूले समेत मृत्युवरण गरिरहेको समाचारहरू आइरहेका छन् ।

नेपाल पनि ‘कोभिड–१९’ को विश्वव्यापी महामारीबाट प्रभावित भइरहेको छ । विश्वभरिको कोरोना ‘ट्रेन्ड’ हेर्दा र मृत्युदर हेर्दा नेपाल र भारत लगायत. दक्षिण एसियाका मुलुकहरू हाल कोरोना सङ्क्रमणको प्रारम्भिक चरणमा नै छन् भन्न सकिन्छ । चीनले पछिल्लो समय लगभग यसलाई नियन्त्रणको स्थितिमा राखेको छ, भने हाल कोरोनाको ‘इपिसेन्टर’ का रूपमा इटली, अमेरिका र स्पेन देखिएका छन् । नेपालमा विगत एक हप्तादेखि ‘लक डाउन’ जारी छ । नेपाल सरकारले लक डाउनलाई कोरोना विरुद्धको अचुक अस्त्र वा औषधीका रूपमा प्रयोग गरिरहेको छ । नेपालले अलिकति ढिलो गरेर ‘लक डाउन’ गरेकाले थप समस्या बढ्ने हो कि भन्ने चिन्ता र आशङ्का सर्वत्र बढेको छ ।

मूलतः भारतीय नाकाहरूबाट ठूलो सङ्ख्यामा हुलका हुल मानिसहरू नेपाल भित्रिएको, ढिलो गरी हवाइ आवागमन रोकिएको, विदेशबाट आउनेहरूका बारेमा सरकारी निगरानी कम भएको, स्वास्थ्यमन्त्रीको गैररजिम्मेवारी प्रवृत्ति आदिका कारण नेपाललाई कोरोना कहर निकै महङ्गो त हुँदैन भन्ने आशङ्का सर्वत्र छाएको छ । विभिन्न विकसित देशहरूले उच्च उपचार प्रविधि र उपकरणको प्रयोगका बाबजुद पनि जुन क्षति बेहोरिराखेका छन्, त्यसलाई हेर्दा नेपाल जस्तो असाध्यै कमजोर स्वास्थ्य व्यवस्था भएको मुलुकलाई कोरोना प्रहार खेप्न निकै कठिन हुने लगभग निश्चित जस्तै छ ।

हाम्रा उपलब्ध अस्पतालहरू, अस्पतालभित्रको व्यवस्थापन, उपचार उपकरणको उपलब्धता, स्वास्थ्य मन्त्रालयको तयारी आदि हेर्दा स्थिति आशालाग्दो छैन । कोरोनाका लागि मान्छेलाई घरमा थुनेर मात्र हुँदैन, शङ्कास्पदहरूको खोजीखोजी ‘भाइरस टेस्ट’ गर्नुपर्दछ । युएनले पनि टेस्टमा जोड दिन सुझाएको छ । जति ‘टेस्ट’ गर्न सकियो त्यति व्यवस्थापन सहज हुँदै जान्छ । नत्र घरमा थुनेर मात्र बस्दा को रोगी हो, को होइन भन्ने अन्योलले थुप्रै जटिलताहरू सिर्जना गर्न सक्छ । ‘टेस्ट कीट’ हरू बढीभन्दा बढी झिकाएर कोरोनाका विशेष उपचार गर्ने अस्पतालहरू प्रत्येक प्रदेशमा अझ सकिन्छ भने जिल्लाजिल्लामा गर्न सक्नुपर्दछ । होम क्वारेन्टाइनमा राखिएका मानिसहरूलाई अवस्था हेरी आइसोलेसनमा लैजाने वा घरमा फर्काउने भन्ने निर्णय गरिदिनुपर्छ ।


कोरोनाले विश्वव्यापी रूपमा पार्ने क्षतिको आँकलन गर्न पनि निकै कठिन छ । यसले मानव इतिहासमै एउटा ‘युटर्न’ ल्याउन सक्छ । यसले आजको विकास, समृद्धि, ज्ञान विज्ञानको तीव्र विकासमा पार्ने प्रभाव धेरै गम्भीर प्रकृतिको हुनेछ ।

यतिबेला राजनैतिक दलका नेताहरूको कुनै प्रतिक्रिया आएको छैन । सायद उहाँहहरू घरमा लुकेर ‘होम क्वारेन्टाइन’ मा हुनुहुन्छ होला । कोरोना नियन्त्रण, रोकथाम र उपचारको प्रक्रियामा राजनैतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ । नेकपा अध्यक्ष प्रचन्डले आफ्नै निवासमा साइकल चलाएर बसिरहेको भिडियो देखियो । हो, उहाँलाई पनि सङ्क्रमणको डर हुने नै भयो । तर उहाँ लगायत हाम्रा ठूला दलका नेताहरू ‘होम क्वारेन्टाइन’ मा लुकेर मात्र बस्ने बेला यो होइन । यो आउँदै गरेको कोरोनाको आँधीहुरीलाई झेल्ने के डाक्टरले मात्र हो र ? नर्सले मात्र हो ? के यो सुरक्षाकर्मीको मात्र दायित्व हो ? निश्चय पनि यो महामारीका विरुद्ध प्रत्येक नागरिक आफू सुरक्षित हुँदै युद्धस्तरमा खटिनुपर्छ । भोलि आउने जटिलताको आजै आँकलन गरेर व्यापक तयारी गर्नुपर्छ ।

भोलि डाक्टरले उपचार गर्न नमान्ने, प्राइभेट अस्पतालले साधारण ज्वरो आएका बिरामी देख्ने बित्तिकै भर्ना नलिने, समाजमा पनि रोगीलाई अपराधी जस्तो गर्ने हो भने रोगीको के हालत होला ? हाम्रो अहिलेसम्मको काम गर्ने तरिका र प्रवृत्तिलाई हेर्ने हो भने तयारी मन्त्रीका मुखमा मात्र छ, फिल्डमा जुन तयारी हुनुपथ्र्याे त्यो कहिकतै देखिँदैन । चीनबाट स्वास्थ्य उपकरण खरिद गर्दा भ्रष्टाचार भएको समाचारहरु प्रकाशित भइरहेका छन् । सरकारले स्वास्थ्य सामग्री वा उपकरणहरू असाध्यै महङ्गोमा किनेपछि त्यसप्रति गम्भीर आशङ्का विभिन्न क्षेत्रबाट व्यक्त भइराखेको छ ।

कतिपय नाफाखोरहरू, काला बजारियाहरू, कमिसनखोरहरू यति संवेदनशील स्थितिमा पनि पैसा कमाउने ध्याउन्नमा लागेको देखिन्छ । मानवीय संवेदनालाई नबुझ्ने, मानिसको जीवनको महत्त्व नबुझ्ने, राष्ट्रमा विपत्ति परेका बेला पनि कुदृष्टि राख्नेहरू वास्तवमै मानिस हुन सक्दैनन्, बरु ती अपराधी हुन् । अहिले देश सामान्य स्थितिमा छैन भन्ने सबैले बुभ्mनुपर्दछ । असामान्य अवस्थामा अनिश्चित महामारी पर्खेर बसेजस्तो स्थितिमा सबै नागरिकले यसमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ । आवश्यक परे देशका लागि वा अरूलाई जोगाउनका लागि मृत्युवरण गर्न पनि पछि नपर्ने महानता नागरिकले देखाउन सक्नुपर्दछ । अरूको हितमा काम गर्दा मृत्यु भए पनि त्यो सार्थक नै हुन्छ भन्ने सोच प्रत्येक देशभक्त नेपालीले राख्नैपर्छ ।

कोरोनाले विश्वव्यापी रूपमा पार्ने क्षतिको आँकलन गर्न पनि निकै कठिन छ । यसले मानव इतिहासमै एउटा ‘युटर्न’ ल्याउन सक्छ । यसले आजको विकास, समृद्धि, ज्ञान विज्ञानको तीव्र विकासमा पार्ने प्रभाव धेरै गम्भीर प्रकृतिको हुनेछ । विश्वले सन् २००८ को भन्दा पनि ठूलो आर्थिक मन्दी ‘ग्रेट डिप्रेसन’ बेहोर्नुपर्ने हुनसक्छ । कोरोनाको पीडाले विश्वभरि थुप्रै मानिसहरू आत्महत्याको स्थितिमा पुग्न सक्ने सम्भावनालाई पनि नजर अन्दाज गर्न सकिँदैन । त्यतिमात्र होइन, लामो क्वारेन्टाइन, मृत्युको भय, लामो निराशा, आर्थिक समस्या, दैनिक जीवनमा हुने समस्या आदिका कारण ‘डिप्रेसन’ ‘एन्जाइटी’ लगायतका मानसिक समस्याहरू पनि देखिन सक्ने खतरा छ ।

विश्व स्वास्थ्य संगठनले कोरोनाको कारण बालबच्चाहरूमा र अन्य वयस्कहरूमा समेत मानसिक विचलन देखिन सक्ने सम्भावनाप्रति विश्वलाई सचेत बनाएको छ । यो बेलामा विगत भुकम्पमा देखाएजस्तो सजगता, सहयोग र मानवताको भावना प्रत्येक नेपालीले देखाउन सक्नुपर्छ । नेपालीको एकता, दृढ प्रतिबद्धता, आपसी सहयोगी भावना, सकारात्मक सोच, सरकारको चुस्त तयारी, राजनैतिक दलदेखि विभिन्न संघसस्थाको पूर्ण सहयोग हुने हो भने विश्वव्यापी प्राणघातक बनिरहेको कोरोना विरुद्धको लडाइँमा नेपालले विजय हासिल गर्ने कुरामा कुनै दुई मत छैन ।

तपाईको प्रतिक्रिया