लक डाउन कोरोना बाबा प्लिज

समाधान संवाददाता २०७६ चैत २३ गते १९:३७

कुसुमकेशव पराजुली

कोरोना भाइरसले अहिले पिश्वव्यापि मान्यता पाएको छ । त्यो मान्यता उ आफैले पाएको होइन हामीले दिएका हौं । हामीकहाँ अरु देशमा जस्तै अहिले लकडाउन भएको छ । सरकार प्रमुख प्रधानमन्त्रीज्यूले यो घोषणा गर्दै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आपिल गर्नु भएको छ । कोरोना हाम्रो कोरोना, उ त अस्तिनै दिवंगत भइसकेको हुनु पर्दथ्यो । एउटा देशबाट आरम्भ भयो भनिएको कोरोना त्रासले बिश्वलाई हल्लाई रहेको छ । ‘मदिरा, निजी बिद्यालय वा अस्पतालका नाममा भएका कोरोना’ को परिचय पनि यस बेला बदनाम भएको बेजोडले प्रचार भैरहेको छ । कोरोनाले गर्दा कहिले हाम्रा स्वास्थ्य मन्त्री बिबादमा परेका छन् भने कहिले ईटालीका प्रधानमन्त्रीका श्रीमतिलाई चापेको समाचार छापिएका छन् । बाहिर देखिने कोरलाको प्रचार निकै तिब्र रुपमा भैरहंदा भ्रष्टाचार, अनियमितता, अन्याय र अत्याचारका कोरोनाहरुले कालो बजारी, सामाजिक संत्रास फैलाएका छन् ।


कोरना बाबा यस्ता देखाइयो नेपालीहरुको फेसबुकमा मानौं कोरोना साक्षात महादेवको अर्को नाम हो । हल्ला मच्चाउन खप्पिस केही सहरिया हामीले सचेतनाको नाममा खिल्ली उडाउन पछि परेनौं ।

Advertisement

कोरोनाको उद्गम थलो भनिएको गणतन्त्र चीनमा कोरोना मुक्त देश घोषणा भयो भन्ने समाचार आयो । यो खुशीको कुरा हो । औषधिमा माफिया राज्य चलाउनेहरुले पछिल्लो फेरी कोरला भाईरसको भ्याक्सिन उत्पादन भयो भनेर डंका पिट्दै छन् । लाटासुधा मान्छे हामी बहुराष्ट्रिय औषधि कम्पनीहरुको निशुल्क प्रचार गरि राखेका छौं । आर्थिक कुटनीतिको परराष्ट्र नीति अंगालेको नेपालले अब पनि कुरा बुझ्न गाह्रो भयो । सायद कसै कसैले भन्ने गरेका दलाल पुँजिवादका हिमायति हामी आफै बनिसकेको अवस्था यहि हो । सेतोलाई कालो र कालोलाई सेतो भनेर सत्ताको चाकरी गर्ने अस्ति थिए, हिजो पनि भए र अहिले पनि छन् भन्दा के आपत्ति होला ?

राजनीतिमा दलाल पुँजीवाद हावी भयो भनेर स्वयम सत्ताधारीका नेता कार्यकर्ताको अभिब्यक्ति सुनिन्छ । यो एक हदसम्म बेठीक मान्न सकिन्न । तर सवाल त दलाली प्रबृत्ति र संस्कारलाई कसरी न्यूनीकरण गर्ने भन्ने नै हो । अहिले राज्य ब्यवस्था परिवर्तन भयो भनेर हामी निकै खुशी मनाउछौ तर पुरानो राज्य ब्यवस्थाले अपनाएका नीति, सिद्धान्त र कार्यब्यवस्थालाई निरन्तरता दिइरहेका छौं । ब्यवहारतः हिजो पञ्च र कांग्रेसले देश बिगारे भनेर भन्दै गर्दा कतै अहिले कम्युनिष्टहरुले पनि झन धेरै देश बिगार्दै छन् भन्ने प्रमाणित त गर्दै छैनौं ? सरकारी वा गैह्रसरकारी कम्युनिष्टहरुले सोच्नु पर्ने बेला आएको छ ।

Advertisement

सामाजिक अर्थ व्यवस्थामा हाम्रो संविधानले समाजवाद उन्मुख अर्थ ब्यवस्थालाई बिकास गर्ने भनेको छ । हाम्रो राजनीति, सामाजिक, साँस्कृतिक र न्याय ब्यवस्था उहि पुरानो संरचनाको अवशेष बाँकी छन् । यस अर्थमा समाजवाद उन्मुख अर्थ ब्यवस्था भनिए पनि त्यसलाई असफल बनाउने दलाल पुजिवादका हिमायति हामीहरु यति बेला सलबलाई रहेका छौं । राज्य ब्यवस्थाले जबर्जस्त तह लगाउनु पर्ने त्यस्का पक्षधरलाई कहि कतै सत्ताधारी बर्गले नै माया गरि रहेका त छैनन् ? तर मिथ्या के नहोस भने अहिलेको सरकार कम्युनिष्टहरुको बहुमतमा बनेको भए पनि यो कम्युनिष्ट ब्यवस्था भने होईन । त्यसैले अहिलेको राज्य व्यवस्था नै समाजवादी चरित्र अनुकुलको सामाजिक आर्थिक धरातलको राज्य व्यवस्था हो भन्नु मुर्खता हुने छ ।

कोरोना संक्रमण पहिले जनवादी गणतन्त्र चीनलाई बदनाम गराउन प्रयोग भयो । यसो भनेर यो महामारी लाई कमजोर आँकलन गर्नु पर्दथ्यो भन्ने हाम्रो आशय होइन । यसै बिचमा लाखौं चिनीयाहरु यो भाईरसबाट मरिसके भनेर धेरै हल्ला गरियो । कडा मेहनत र लगनशिलताका कारण चिनिया सरकारले कोरोना भाईरसबाट सफलता पाउन थाल्यो ।

कोरना बाबा यस्ता देखाइयो नेपालीहरुको फेसबुकमा मानौं कोरोना साक्षात महादेवको अर्को नाम हो । हल्ला मच्चाउन खप्पिस केही सहरिया हामीले सचेतनाको नाममा खिल्ली उडाउन पछि परेनौं । अर्का थरि अल्लारेहरुको जमात त्यस्तो प्रचारलाई मजाक मान्दै थिए । उनीहरुका अनुसार कोरोना बाबाको कमालले रोग निको हुन्छ भनेर पूजाआजा चलाए । सहि कुरा ता के थियो भने आफू सतर्क नरहने र छाडा भएर हिड्ने हो भने कोरना बाबाको जतिसुकै पुजा गरे पनि रोग सर्न सक्दछ । त्यसैले आफ्ना सन्ततिले एसइइ दिलाउन पाइएन भनेर रिसाएका ए अविभावकहरु हो ‘लकडाउन कोरला बाबा प्लिज’ !

 हामी संसारका सबैभन्दा धनी देश हौं, सबै भन्दा शक्तिशाली देश हौं, हामीले संसारमा एकछत्र राज्य गर्न पाउनु पर्छ भन्ने शासकहरुले किन कोरला जस्तो रोगसंग लड्न क्षमता राख्दैनन् ? किन आज उनिहरु सबैभन्दा बढि त्रासमा छन् ? अरुको आँगमा जुम्रो हिंडेको उछित्तो काट्नेहरु आज किन आफ्नो आँगमा भैसी हिडाउन बाध्य छन् ? मित्र राष्ट्र चीनले भनेछ, कोरलाबाट बच्नका लागि के कस्ता सामग्री आवश्यक छन् ? 

उदगम स्थलमा फैलिएको कोरनाको पहिलो प्रचार गलत भए पनि उसको पछिल्लो कदमले हामीलाई सर्मिन्दो बनाएको छ । छिमेकीले रोगसँग लड्न सहयोग गर्छु भनिरहँदा हिजो उसलाई सराप्ने हामी नेपालीले भौतिक सहयोग लिन आतुर छौं । यत्ति हो मित्रराष्ट्रले दिने भौतिक सहयोग कतै भुकम्पको पालामा जस्तै टाठाबाठाले घरघरै नलगुन । आम जनताको पहुँँचमा ती सामग्री हुनु पर्दछ ।

‘लक डाउन कोरला बाबा प्लिज’ भनिरहँदा हामीले बिर्सन नहुने थुप्रै कुराहरु थिए । सरकारले तिनलाई खाशै प्रचारमा ल्याउन चाहेन । सरकारमा बस्नेहरुको दिमागमा कहिल्यै त्यस्तो बिचार, नीति र कार्यक्रम आएन । हिन्दु धर्म सापेक्ष राजतन्त्रात्मक नेपाल होस या धर्म निरपेक्ष गणतन्त्रात्मक नेपाल होस् दुवै जना खासै इच्छुक देखिएनन् । हामी कहाँ भएका बहुमुल्य जडिबुटी, दैनिक भान्सामा प्रयोग हुने शुद्ध मसलाजन्य खाद्य बस्तुहरु, योग, प्राणायम र ध्यान साधनाका माध्यमबाट धेरै संक्रमणहरुबाट बच्ने उपाय हुन्छन् ।

आपत परेका बेलामा ता सम्झन गाह्रो मान्ने हामीहरु साँच्चै नै दलाल पुँजीवादका हिमायति हौं भनेर किन भन्न हिचकिचाउने ? किनकि हामीले ती गतिला रोग प्रतिरोधात्मक प्रक्रिया अपनाउँदा हामीलाई बिदेशी औषधी, खाद्य वा सौन्दर्य प्रसाधनका बस्तुबाट प्राप्त हुने कमिशन आउँदैन त्यसैले हामी दलाल पुँजीवादका पक्षपाति हौं । आखिर कोरना बाबाको प्रचार त्यहि बस्तु ब्यापारको एउटा अंग पनि बनाउन थालिएको छ ।

नैतिक हराम हामीहरु सुख सुविधा खोज्दै सहर पस्यौं, छिट्टै धनि बन्न बिदेशीको गुलाम बन्यौं । हत्या आतंक, अन्याय अत्याचार, भ्रष्टाचार र लुट साथै डकैत ग¥यौं । आफ्नो मानवीय धर्म त्यागेर अमानवीय राज्य संस्कृतिको अभ्यास र बिकास ग¥यौं । शिक्षा, संस्कृति, ज्ञान र प्रबिधि अरुहरुको मात्रै उच्च ठान्यौं । त्यसैको परिणाम हामीले ब्यहोर्न तयार छौं, यद्धपि संसार त्यहि गलत बाटोमा जाँदै गर्दा यस्तै महामारी आउने, बिनास हुने गर्दछ । यसो भनेर मैलाधैला लगौटी लगाएर चुलोचौकोमा खाना खानु पर्छ भन्ने कदापि होईन । आखिर हाम्रो मौलिक संस्कार र संस्कृतिका नाममा बिकृति भित्राएका हामीले नै हो, हाम्रा पुर्वजहरुले नै हो । कुनै शासन ब्यवस्थाको गुणगान वा बिरोध निरपेक्ष ढंगले गर्नु अन्याय हुने छ तर अहिलेको परिणतिको जिम्मा हामी वा हाम्रा पुर्वजहरुले लिनु पर्ने हो कि होइन ?

अर्काको दुःख देखेर वा समस्यामा हसी मजाक उडाउने संस्कृति हिजो थियो र आज पनि छ । सत्ता, पैसा, मसलले राज्य चल्ने भए आजको शक्तिशाली राष्ट्रहरुलाई पनि कोरोना समस्या बन्दैनथ्यो । नेपाल को परिप्रेक्षमा पनि सांस्कृतिक क्रान्ति गर्नु थियो भने पुरानो राज्य सत्ताले छाडेका विकृति र विसंगति हटाउन तयार हुन पर्छ । महान क्रान्तिका नायक भनिने कम्युनिस्ट वा काँग्रेसहरुले यस अगावै राजनीतिक परिवर्तन संग आर्थिक सामाजिक परिवर्तन गर्न सकेनन् ।

यतिबेला अलिकति सचेतना आएको छ कि ? बलवान काँग्रेस अहिले कमजोर छ, अत्यधिक बहुमतको कम्युनिष्ट सरकार कतिपय मामलामा दिग्भ्रमित छ । सिद्धान्त एउटा होला, राम्रो होला, असल होला तर ब्यवहार कस्तो छ भनेर जनताले चिहाइरहेका छन् । यो अघोषित संकटकालका बेलामा एकता, संयम र धैर्यतापूर्वक संकटको समाधान गर्नु छ । कोरोना भाइरस एउटा चुनौती हो यसलाई अवसरको रुपमा लिएर शक्तिमा बदल्न सकिन्छ । त्यो अवसर नेपालको राज्यसत्ताले प्रदान गर्न सक्छ कि सक्दैन ? हेर्न बाँकी छ । अनि बल्ल लक डाउन कोरना बाबा प्लिजले सार्थकता पाउथ्यो कि ?
(लेखक प्रेस स्वतन्त्रता सेनानी तथा वरिष्ठ सामाजिक अभियन्ता हुन् ।)

तपाईको प्रतिक्रिया