लकडाउन उल्लंघन गर्ने ३५ सयलाई कारवाही

समाधान संवाददाता २०७६ चैत २५ गते १९:१३

पाेखरा

लकडाउनका बेला अनावश्यक रुपमा बाहिर निस्कने र भीडभाड गर्नलाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारवाही जारी राखेको छ । लकडाउन सुरु भएदेखि मंगलबारसम्म ३ हजार ५ सय ७७ जनालाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारी पश्चात छोडिएको प्रहरी नायव उपरीक्षक राकुमार केसीले बताए ।

यो अविधमा २ हजार ३ सय ५६ मोटरसाइकल र २४ गाडी कारवाहीमा परेको उनले जानकारी दिए ।

Advertisement

एम्बुलेन्स चालक कारवाहीमा

धादिङ गजुरी गाउपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बर र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा२झ ४३३३ नम्बरको एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले कारवाही थालेको छ । चैत १९ गते राति एम्बुलेन्समा १५ जना मानिसहरु राखी पर्बतबाट धादिङ जाँदै गर्दा कास्की प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

सवारी पासको दुरुपयोग गर्ने पक्राउ

जिल्ला प्रशासन कार्यालय कास्कीबाट सवारी पास लिएर दुरुपयोग गरेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकम लिई सवारी साधनमा मानिस ओसारपसार गरेको पाईएकोले दुरुपयोग गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा स्याङ्जा भीरकोटका लिला प्रसाद पंगेनी र अर्जुनचौपारीका प्रताप पौडेल छन् । उनीहरुलाई ठ्ठप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया