अब ट्रम्पका प्रतिद्वन्दी बाइडन, स्यान्डर्सले चुनाब छोडे

समाधान संवाददाता २०७६ चैत २७ गते ८:३१

एजेन्सी

यही बर्षको अन्तिममा हुने अमेरिकी राष्ट्रपति निर्बाचनमा वहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धी जे वाइडन हुने पक्का जस्तै भएको छ । डेमोक्र्याटिक दलबाट अमेरिकी राष्ट्रपति उम्मेदवारका आकांक्षी बर्नी स्यान्डर्सले निर्वाचन अभियानबाट बाहिरिएका छन् ।

७८ वर्षीय स्यान्डर्सले बुधबार क्रन्फ्रेन्स कलमार्फत् आफ्ना कर्मचारीलाई राष्ट्रपतीय अभियान रोक्ने निर्णय सुनाएलगत्तै आफ्ना समर्थकलाई अनलाइन सम्बोधन गरेका थिए । उनले आफ्नो अभियानबाट वैचारिक जित भएको भन्दै अब बाइडनलाई खुलेरै समर्थन गर्ने उल्लेख गरेका छन् ।

Advertisement

स्यान्डर्सले चुनावी अभियान स्थगन गर्ने घोषणा गरेसँगै पूर्वउपराष्ट्रपति जो बाइडन डेमोक्र्याटिक दलबाट नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको आधिकारिक उम्मेदवार बन्ने बाटो खुला भएको बीबीसीले उल्लेख गरेको छ

Advertisement

तपाईको प्रतिक्रिया