क्वारेन्टाइनमा बसेका सबैकाे र्‍यापिड टेस्ट गरिने

समाधान संवाददाता २०७६ चैत २७ गते १६:३४

पाखरा ।

काेराेना संक्रमणकाे आशंकामा बिहीबारसम्म मुलुकभर २ हजार ८ सय ९५ जनाकाे परीक्षण गरिएकाे छ । काठमाडाै‌मा २ हजार ३ सय ८२ र बाहिर ५ सय १५ वटा परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकाेटाले जानकारी गराए ।

१ सय ९३ जनाकाे नमुना परीक्षण भइरहेकाे र बेलुकासम्म ३ हजार भन्दा बढीकाे नतिजा आइसक्ने मन्त्रालयले जनाएकाे छ ।

Advertisement

र्‍यापिड टेस्टका लागि सबै प्रदेशमा ५ हजारका दरले किट पठाइएकाे र क्वारेन्टाइनमा राखिएका सबैकाे परीक्षण गर्ने लक्ष्य राखिएकाे डा देवकाेटाले जानकारी दिए ।


र्‍यापिड टेस्ट गरिएका सबै नमुना राष्ट्रिय प्रयाेगशालामा पुन परीक्षण गरिने मन्त्रालयले जनाएकाे छ ।

Advertisement

बागलुङ पर्वत र म्याग्दीका स्वास्थ्यकर्मीलाई आरडिटी तालिम दिएर परीक्षणकाे काम पनि थालिसकिएकाे उनले बताए ।

बिहीबारसम्म मुलुकभर ७ हजार ९ सय ४० जना क्वारेन्टाइनमा राखिएकाे छ भने १ सय १७ जनालाई आइसाेलेसनमा राखिएकाे छ ।

जुम्ला र अछाममा नमुना संकलन भइसकेकाे र बिहीबार डडेलधुरा र बैतडीमा नमुना संकलनका लागि टाेली खटिएकाे छ ।

तपाईको प्रतिक्रिया