गण्डकी प्रदेशलाई ‘ओखती’

समाधान संवाददाता २०७६ चैत २७ गते १९:३३

समाधान संवाददाता
पोखरा

जयकाली जडिबुटी उद्योग प्रालिले गण्डकी प्रदेशका अस्पतालका लागि ओखती साबुन प्रदान गरेको छ ।


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उद्योगका गण्डकी प्रदेश प्रमुख मनाेज श्रेष्ठले साबुन हस्तान्तरण गरे ।

Advertisement


मुख्यमन्त्री गुरुङले ओखती साबुन स्वास्थ्यका लागि यतबेला अत्यन्त आवश्यक रहेको बताए । उनले कोभिड १९ को माहामारीको बेला हात धुनु निकै महत्वपूर्ण रहेको भन्दै सहयोगका लागि कम्पनीलाई धन्यवाद व्यक्त गरे ।


विश्वभर फैलिएको कोभिड १९ को औषधी नै हात मिचिमिचि धुनु रहेकाले ओखती साबुन सहयोग गरेको कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले जानकारी दिए । उनले भने, ‘यस्तो विपदको बेलामा साबुनको महत्व पनि उत्तिकै छ, प्रदेशका अस्पतालमा कार्यरत चिकित्सक र अरु सबैलाई हात धुन सहज होस् भनेर साबुन सहयोग गरेका हौं ।’

Advertisement

तपाईको प्रतिक्रिया