महानगरको राहत कोषमा एन प्याब्सनको २ लाख

समाधान संवाददाता २०७६ चैत २८ गते १५:२१

पोखरा

पोखरा महानगरपालिकाले स्थापना गरेको विपद राहत कोषमा शुक्रबार एन प्याब्सन कास्कीले २ लाख १ हजार सहयोग प्रदान गरेको छ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, प्रथम उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङ, कोषाध्यक्ष रत्ना गुरुङले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई चेक हस्तान्तरण गरे ।

Advertisement

त्यस्तै कारिता नेपाल पोखरा शाखाले २ लाख ६७ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री प्रदान गरेको छ । शाखाका पोखरा प्रमुख शोभा पौडेलले महानगर प्रमुख जिसीलाई हस्तान्तरण गरिन् भने पञ्चरत्न आयल स्टोर्सका सञ्चालक नवराज पौडेल र शोभा पौडेलले ५० हजार १ रुपैयाँ राहत कोषलाई प्रदान गरेका छन् ।पौडेलद्धयले महानगरमै पुगेर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरेका थिए ।

यसैगरी माछापुच्छ«े बैंक गण्डकी प्रदेश कार्यालयले १ लाख ७ हजार बराबरको राहत सामाग्री सहयोग गरेको छ । बैंकले पोखरा महानगरपालिकाभित्र रहेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत राहत सामाग्री उपलब्ध गराएको हो । माछापुच्छे« बैंक गण्डकी प्रदेश प्रमुख भुवनसिंह खत्रीले पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण सामाग्री हस्तान्तरण गरे । यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि नेपालले फेलोसिप कार्यक्रमबाट बचत भएको ६० हजार रुपियाँ महानगरले स्थापना गरेको राहत कोषमा सहयोग गरेको छ ।

Advertisement

फेलोसिप कार्यक्रमका संयोजक लायन किशोर बराल र डिष्ट्रिक्ट चिफ पि.आर.ओ ला.रामचन्द्र पोखरेलले संयूक्त रुपमा पोखरा महानगर प्रमुख जिसीलाई चेक हस्तान्तरण गरे ।्महानगर प्रमुख जिसीले कोरोना संक्रमणको संकटमा आफनो सामाजिक उत्तरदायित्व बहन गरि सहयोग गर्ने सवैको प्रसंसा गरे । जिसीले संकटको बेलामा गरेको सहयोग सह्रानीय भएको बताउँदै आ—आफ्नै ढंगले राहत वितरण गर्दा जोखिम बढ्ने हुँदा महानगरपालिले व्यवस्थित तरिकाले एकद्वार प्रणाली मार्फत राहत वितरण गरिरहेको बताए । महानगरले २ करोड, महानगरका कर्मचारीहरुबाट ४८ लाख ५० हजार जम्मा गरी राहत कोष स्थापना गरेको थियो भने उक्त कोषमा प्रदेश सरकारले १ करोड दिएको छ ।

तपाईको प्रतिक्रिया