विश्व मानवलाई एक बनाएका छौ (कविता)

समाधान संवाददाता २०७६ चैत २९ गते १३:४९

डिबी भुजेल

करोना तिमी ७ सय करोड मानवचरीलाई पिँजडामा थुनेर विश्व सयर गरेका छौ छिनभरमै विश्व ध्वस्त पार्ने शक्ति राष्ट्रलाई तिमीले चँु पनि बोल्न नदिइ आफ्नो काबुमा राखेका छौ

चौरासी व्यन्जन पाकेको सभा–समारोह, मठ–मन्दिर, गुम्बा–चैत्य तिम्रा नाम सुन्ने बित्तिकै रोकिएका छन् । जातपात, वर्ग, लिंग, धर्म संस्कार धनी गरिब केही नभनी सबैलाई तर्साइरहेका छौं

Advertisement

विश्वलाई अहिले एउटा स्वनिर्मित नाकाबन्दी र माहामारीबाट तर्साएका छौ तिमीले अदृश्य रूपमा बिना हतियार तेस्रो विश्वयुद्ध छेँडेका छौ

जुन विश्वका वैज्ञानिक र डाक्टरलाई टाउको दुखाइ भएको छ वर्षौं पछि घरका कुनाकाप्च, रेलिङ बरण्डा र बाथरुम आदि सफाइ गर
वर्षौ पछि केहि दिन घरमा परिवारसँग बस भनी सिकाएका छौ घर बाहिर निस्किदा र फर्खंदा बाथरुममा कपडा फुकाली मिचीमिची साबुन पानीले हातधुनु पर्छ भनी सिकाएका छौ

Advertisement

त्यतिमात्र हैन तिमीले कुनै काम गरिसकेपछि खाना,खाजा खानु अघि र पछि २० सेकेन्ड मिचीमिची हातधुन सिकाएका छौ तिमीले गगनचुम्बी महल चिल्ला कार बाटो घाटो रेल जहाज बनाउने गुडाउने र उडाउने मात्र नसोच प्रकृति लाई कति बोझ गराएका छौ प्रकृतिको सामिप्यमा रहेर काम गर भनी सिकाएका छौ

धन्न तिमी कोरोना भाइरस कोरोना प्रकृतिलाइ दोहन गर्दै अत्यन्तै द्रुत गतिमा औषधी र क्षेप्यास्त्र बनाउने नाउँमा बिनाश गरिराखेका छौ

हे द्रव्य मानव यसको मूल्य तिमीहरुले चुकाउनु अवश्य पर्ने छ यदि सुधारिएनौ भने भन्ने पाठ तिमीले सिकाएका छौ
तिमीलाई कयौंले शत्रुको व्यवहार गरी गाली गलोज गरेका होलान्, कयौंले पूजापाठ पनि गरेका होलान्
तर म त भन्छु तिमीलाइ विश्व मानवलाई जिउनेकला सिकाउने अस्त्र ठान्दछु तिमीले यो माहामारीबाट बच्न घरमानै जे छ त्यही खाएर सामाजिक दुरीमा घरमानै बस्न भनी सिकाएका छौं

त्यति मात्र होइन तिमीले राष्ट्र सेवक कर्मचारी, जनप्रतिनिधि अझ डाक्टर र नर्सको भूमिका सिकाएका छौ प्रकृतिको दोहोन कम गर्न वर्षमा एक दिन विश्वका सबै मानवले यसैगरि क्वारेन्टाइनमा बसी तिमिलाई सम्झनु पर्छ
भूकम्पले नेपाल र नेपालीलाइ एक बनायो अब छिटै नै यो माहामारी हटोस् विश्व मानव एक भएको सन्देश मिल्नेछ जुगौंजुग तिमीलाई हृदयमा सजाइ प्रार्थना गर्नेछन् अलबिदा कोरोना भाइरस कोबिड १९ ।
चिप्लेढुंगा, पोखरा

तपाईको प्रतिक्रिया